फागुण ५, २०८१ सोमबार February 17, 2025

सुदूरपश्चिम प्रदेश सभा : विषयगत समितिका सभापतिको निर्वाचन स्थगित

प्रदेश सभा अन्तर्गतका विषयगत समितिका सभापतिको निर्वाचन फेरि स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, माघ १६ गते । सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतका विषयगत समितिका सभापतिको निर्वाचन फेरि स्थगित भएको छ । सत्तारुढ दल नेपाली कांग्रेसको आग्रहमा विषयगत समितिका सभापतिहरूको निर्वाचन स्थगित गरिएको हो । यसअघि, गत असोजमा तय भएको निर्वाचन पनि स्थगित भएको थियो ।

प्रदेश सभा सचिवालयले निर्वाचन कार्यतालिका प्रकाशित गरेर माघ १८ गते शुक्रबार निर्वाचन तय गरेको थियो । सो निर्वाचन स्थगित भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो ।

प्रदेश सभा सचिवालयले माघ १३ गते निर्वाचन तालिका प्रकाशित गरी प्रदेश सभामा रहेका चारमध्ये तीन वटा अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र सामाजिक विकास समितिका सभापतिको निर्वाचन तय गरेको थियो ।

सत्तागठबन्धन दलबिच अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिको सभापति नागरिक उन्मुक्ति पार्टी, सामाजिक विकास समितिको सभापति नेकपा (एमाले) र सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले पाउने सहमति छ । त्यस्तै, विशेष अधिकार समिति थप्ने र त्यसको सभापति नेपाली कांग्रेसबाट हुने सहमति गरिएको थियो ।

सार्वजनिक गरिएको निर्वाचन कार्य तालिकामा विशेष अधिकार समितिको सभापतिको निर्वाचन नसमेटिएकाले सबै समितिको सँगै निर्वाचन गर्नका लागि १८ गतेको निर्वाचन स्थगित गर्न आग्रह गरेको नेपाली कांग्रेस प्रमुख सचेतक विक्रमसिंह धामीले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया