काठमाडौं । गत साउनदेखि पुससम्म ६ महिनामा घरजग्गा कारोबार बढेको पाइएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २ लाख ३२ हजार २ सय ९ वटा लिखत पारित भएको छ । जुन गत आवको तुलनामा १ दशमलव ८४ प्रतिशतले बढी हो ।
गत आवको पुससम्ममा २ लाख २८ हजार ४ वटा लिखत पारित भएको तथ्यांक विभागको रहेको छ । आव २०७९-८० को साउनदेखि पुससम्ममा भने १ लाख ९० हजारवटा लिखत पारित भएका थिए ।
सरकारले घरजग्गा कारोबारबाट चालू आवको साउनदेखि पुससम्ममा कारोबारबापत २० अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको सोही अवधिमा भने घरजग्गाको कारोबारबापत १८ अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
भूमि व्यवस्था तथा अभिलेख विभागले साउनमा ४३ हजार ८ सय ३५ वटा लिखत पारित भएको जनाएको छ । गत आवको साउनमा ३९ हजार २ सय ६३ वटा कारोबार भएको थियो । यसैगरी, भदौमा ३२ हजार ७ सय ९८ वटा, असोजमा ३० हजार ५ सय २७ वटा र कात्तिकमा ३३ हजार ५ सय १४ वटा घरजग्गासम्बन्धी कारोबार भएको देखिएको छ । गत वर्षको भदौमा ३५ हजार ६ सय ८६, असोजमा ३९ हजार ८ सय ८१ र कात्तिकमा २६ हजार ४६ वटा कारोबार भएको थियो । यस वर्षको मंसिरमा ४३ हजार ३ सय ७९ वटा लिखत पारित हुँदा पुसमा ४८ हजार १ सय ५६ वटा लिखत पारित भएको तथ्यांक विभागको छ । गत वर्षको मंसिरमा भने ४१ हजार ८ सय ५१ र पुसमा ४५ हजार २ सय ७५ वटा कारोबार भएको थियो ।
विभागका अनुसार चालू आवको पुस महिनामा ४ अर्ब २५ करोड २२ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ । गत आवको पुसमा भने ३ अर्ब
२० करोड ५२ लाख रुपैयाँ राजस्व उठेको थियो । चालू आवको ६ महिनामा भने घरजग्गा कारोबारबाट २० अर्ब ८३ करोड ७६ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ । गत वर्षको पहिलो ६ महिनामा १८ अर्ब २७ करोड ७० लाख रुपैयाँ राजस्व उठेको थियो । आव २०७९–८० को ६ महिनामा घरजग्गा कारोबारबाट ४२ अर्ब १ करोड ३२ लाख रुपैयाँ राजस्व उठेको थियो । सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकरलगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबैभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ ।
यस वर्षको साउनमा ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ उठेको थियो । भदौमा ३ अर्ब ९ करोड २ लाख ५९ हजार रुपैयाँ, असोजमा ३ अर्ब ८ करोड १२ लाख ४१ हजार रुपैयाँ, कात्तिकमा २ अर्ब ७० करोड ४० लाख ४६ हजार रुपैयाँ र मंसिरमा ३ अर्ब ८७ करोड राज्य उठेको थियो । पुसमा मात्रै देशभर ४७ हजार ४ सय ७९ संख्यामा घरजग्गा कारोबार भएको देखिएकाले समग्रमा घरजग्गा कारोबार बढेको देखिएको छ । यो अघिल्लो महिनाको तुलनामा ९ दशमलव ४५ प्रतिशतले बढी हो । मंसिरमा देशभर ४३ हजार ३ सय ७९ संख्यामा कारोबार भएको थियो ।
गत वर्ष पुसको तुलनामा यस वर्ष पुसमा घरजग्गा कारोबार ४ दशमलव ८६ प्रतिशतले बढेको छ । गत वर्षको पुसमा देशभर ४५ हजार २ सय
७५ संख्यामा घरजग्गा किनबेच भएको थियो । यस वर्षको पुसमा सबैभन्दा धेरै लिखत पारित गर्नेमा इनरुवा मालपोत कार्यालय रहेको छ । एक महिनामा इनरुवाले १ हजार ८ सय ६७ लिखत पारित गरेको छ । मोरङको बेलबारीले १ हजार ६ सय ३२, भद्रपुरले १ हजार ६ सय २३, जनकपुरले १ हजार ५ सय ३४, राजविराजले १ हजार २ सय ५८, मलंगवाले १ हजार १ सय ११, सिरहाले १ हजार ५७ र तौलिहवाले १ हजार ५१ लिखत पारित गरेको तथ्यांक छ ।
काठमाडौं उपत्यकामा भने पुसमा भक्तपुर मालपोतबाट सर्वाधिक घरजग्गा किनबेच भएको छ । भक्तपुरको लिखत पारित संख्या ९ सय ४३ छ । लगनखेलले ८ सय १४, कलंकीले ५ सय ९४, साँखुले ४ सय ४९, चाबहिलले ४ सय ३०, मनमैजुले २ सय ५८, डिल्लीबजारले २ सय र टोखाले १ सय ७९ वटा लिखत पारित गरेका छन् ।
घरजग्गा किनबेचबाट पुसमा सबैभन्दा धेरै राजस्व उठाउने मालपोतमा लगनखेल सबैभन्दा बगाडि छ । लगनखेलले ४४ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसपछि भक्तपुरले ३१ करोड ७० लाख, चाबहिलले २५ करोड २७ लाख, डिल्लीबजारले २४ करोड ३० लाख र कलंकीले २४ करोड २२ लाख रुपैयाँ उठाएका छन् ।
यस्तै, रूपन्देहीले २१ करोड, कास्कीले १८ करोड २१ लाख, विराटनगरले १६ करोड ६३ लाख, बुटवलले १३ करोड ३८ लाख, चितवनले १२ करोड ४८ लाख, इनरुवाले ११ करोड ९७ लाख, साँखुले ११ करोड ३६ लाख र मकवानपुरले १० करोड ५३ लाख रुपैयाँ राजस्व उठाएको विभागको तथ्यांक छ ।
विभागका अनुसार पुस महिनामा सेवा करबाट ३० करोड ४३ लाख ४४ हजार ६ सय ६५ संकलन भएको छ । यस्तै, रजिस्ट्रेसन दस्तुरबाट २ अर्ब ६८ करोड ७८ लाख २६ हजार १ सय ४५, पुँजीगत लाभकरबाट १ अर्ब ६० करोड ८३ लाख २८ हजार १ सय ७२ रुपैयाँ प्राप्त भएको छ ।
घरजग्ग्गा कारोबारमा सुधार आएसँगै नेपाल जग्गा तथा आवास विकास महासंघले सरकारले ल्याएको अध्यादेशलाई स्वागत गरेको छ । महासंघले भूमिसम्बन्धी अध्यादेश निकै सकारात्मक रहेको भन्दै घरजग्गा व्यवसायीहरूले स्वागत गरेको बताएको छ । सरकारको यस सुधारले घरजग्गा व्यवसायीलाई मात्रै नभएर समग्र निजी क्षेत्रलाई उत्साहित बनाएको नेपाल जग्गा तथा आवास विकास महासंघको प्रतिक्रिया छ । राजधानीबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया