माघ २८, २०८१ सोमबार February 10, 2025

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ

समातिएका अवैध कारोबारीको प्रहरीले आवश्यक अनुसन्धान गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अछाम, मंगलसेन नगरपालिका-३ स्थित बस्पार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित कैलाली जानकी गाउँपालिका-१ बस्ने २२ वर्षीय रोहित बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मंगलसेनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २९ वर्षीय सचिन सिंहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ बस्ने २१ वर्षीय समिर चौधरी र २१ वर्षीय आकाश तिमिल्सिना रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ पक्की कुवा नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका वडारा बस्ने ३४ वर्षीय सुरेश चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका-५ जयनगर बस्ने २१ वर्षीय दुर्गा ऋषिदेवलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हसन्दहबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वडिआइजी  छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने अदालतको आदेश
२०८१ माघ २८, सोमबार
पाँच वर्ष एउटै विद्यालयमा काम गरेका शिक्षकको सरुवा गरिने
२०८१ माघ २८, सोमबार
एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्छ : शंकर पोखरेल
२०८१ माघ २८, सोमबार
माघ सकिनै लाग्दा न हिउँ न वर्षा, चिन्तामा किसान
२०८१ माघ २८, सोमबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
२०८१ माघ २८, सोमबार
प्रतिनिधिसभा बैठक : बहुमतका आधारमा संसदीय अभ्यासमा हस्तक्षेप गरेको आरोप
२०८१ माघ २८, सोमबार
नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार अघि बढिरहेको छ : उपप्रधानमन्त्री सिंह
२०८१ माघ २८, सोमबार