काठमाण्डौं । प्रेस चौतारी नेपाल नुवाकोटको अध्यक्षमा श्रीराम अधिकारी चयन भएका छन् । चौतारीको सातौ अधिवेशनबाट अध्यक्षसहित सिंगो कार्यसमिति सर्वसम्वत रुपमा चयन गरिएको छ ।
अध्यक्षमा निर्वाचित अधिकारी विगत १८ वर्षदेखि नुवाकोट जिल्लामा रहेर नुवाकोट एफएममार्फत पत्रकारिता गर्दै आएका छन् । यस्तै उपाध्यक्षमा निर्वाचित सुनिल श्रेष्ठ डबली खबरका प्रकाशक तथा सम्पादक हुन ।
सर्वसम्वत रुपमा चयन गरिएको कार्यसमितिमा महिला उपाध्यक्षमा सुमित्रा पौडेल (सुमि),सचीवमा नुवाकोट अनलाइनका सञ्चालक तथा युवा पत्रकार केदार ढकाल, उपसचिवमा केपी अधिकारी र कोषाध्यक्षमा शिवहरी पाठक चयन भएका छन् । अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा देवचन्द्र भट्ट,रामराजा श्रेष्ठ र सुमित्रा पौडेललाई चयन गरिएको छ ।
यस्तै प्रदेश प्रतिनिधिमा भोलाराज पौडेल,पुरुषोतम रिजाल सुशिला लामिछाने रहेको प्रेस चौतारी नुवाकोटले जनाएको छ ।
यसैबीच समाजवादी प्रेस संगठनका नेता भोलाराज पौडेलले समाजवादी छाडेर प्रेस चौतारीमा आवद्ध भएको जनाएका छन् । उनी चौतारीमा जोडिएसँगै प्रदेश प्रतिनिधिमा चयन भएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया