मंग्सिर १, २०८२ सोमबार November 17, 2025

सहकारीका बचतकर्ताको रकम सुरक्षित हुनुपर्छ : सभापति देउवा

बचतकर्ताको रकमको सुरक्षाका खातिर सहकारीमैत्री ऐन जारी भएको

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीका बचतकर्ताको रकम सुरक्षित हुनुपर्नेमा जोड दिएका छन् । उनले सहकारी क्षेत्रका विकृति अन्त्य गर्न जरुरी भएको बताए ।

‘नेपाली कांग्रेस र सहकारी’ विषयमा पार्टीको सहकारी विभागले आज पार्टी केन्द्रीय कार्यालय आयोजना गरेको गोष्ठीको उद्घाटन गर्दै उनले बचतकर्ताको रकमको सुरक्षाका खातिर सहकारीमैत्री ऐन जारी भएको बताए ।

बीपी कोइरालाले २०१६ मा अवलम्बन गरेको आर्थिक नीति र सहकारीको सान्दर्भिकता आज पनि सान्दर्भिक रहेको चर्चा गर्दै सभापति देउवाले भने, ‘सहकारी मूल्य, मान्यता, मर्म र अवधारणा अनुसार सञ्चालन हुनुपर्छ, आर्थिक समृद्धिका लागि सहकारी आन्दोलनको विकास आवश्यक छ, र बचतकर्ताको रकम सुरक्षाको सुनिश्चितता हुनुपर्छ ।’

देउवाले नेपाल सरकारका सहकारीमा पछिल्लो समय समस्या सिर्जना गरेर अरुलाई जिम्मेवार दिने प्रवृत्ति बढेकाले समस्या सिर्जना भएको बताए ।

कार्यक्रममा पूर्वसचिव गोपीनाथ मैनालीले सहकारीका सदस्यले गरेको व्यवसायमा, सहकारीसहकारीबीचमा र राष्ट्र बैंकले जारी गर्ने डिबेञ्चर र नेपाल सरकारले जारी गर्ने ऋणपत्रमा मात्रै लगानी गर्न पाइनेमा ९० प्रतिशत गैरसदस्य कारोबार भएका छन् भन्दै यसले समस्या सिर्जना गरेको बताए ।

कांग्रेस सहकारी विभागका प्रमुख देवेन्द्रराज कँडेलले सातै प्रदेशका सहकारीकर्मीसँग सहकारीको सुरक्षाका विषयमा छलफल भएको बताए । बचतकर्ताको बचत हिनामिना गर्दा सहकारीमा समस्या आएको उनको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड सजाय
२०८२ मंग्सिर १, सोमबार
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार
पाठेघरको मुखको क्यान्सरः स्क्रिनिङ र खोप विस्तार जरुरी
२०८२ मंग्सिर १, सोमबार