माघ ९, २०८२ शुक्रबार January 23, 2026

सरस्वती पूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति

विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा यस पर्वले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वती पूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको उल्लेख गरेका छन् ।

वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उनले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा यस पर्वले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् । उनले विद्याकी देवी माता सरस्वतीको पूजा अर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा सबै नेपालीमा शुभकामना दिएका छन् ।

माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीको रूपमा पुजिन्छ । आजको यस शुभ दिनमा आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षरारम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको उहाँले उल्लेख गर्नुभएको छ । सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्तपञ्चमीलाई मानिँदै आइएको छ ।

नवीन कार्यको प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनु पर्ने विवाह, व्रतबन्ध आदिजस्ता शुभकार्यका लागि यस दिनलाई रोज्ने प्रचलन पनि रहिआएको छ ।

आजको दिनलाई सरस्वती जन्मोत्सवको रूपमा पनि मनाइन्छ । वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशः न्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्साउँछ ।

राष्ट्रपति पौडेलले यस पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबिच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवं संवर्द्धन गर्दै सबैमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी शुभकामना व्यक्त गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एउटै पालिकाबाट छ जना उम्मेदवार : महिला शून्य
२०८२ माघ ९, शुक्रबार
रास्वपा उम्मेदवार खेरललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
२०८२ माघ ९, शुक्रबार
पोखरामा आजदेखि ‘टाइगर कप’ भलिबल प्रतियोगिता सुरु हुँदै
२०८२ माघ ९, शुक्रबार
राष्ट्र बैंकद्धारा आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ माघ ९, शुक्रबार
माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै
२०८२ माघ ९, शुक्रबार
सरस्वती माताको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ माघ ९, शुक्रबार
निर्वाचन ४१ दिन बाँकी, उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने
२०८२ माघ ९, शुक्रबार