फागुण ५, २०८१ सोमबार February 17, 2025

एमालेका पूर्व सांसदसहित ५ जना पार्टीबाट निस्कासित (विज्ञप्ती सहित)

खड्का र कुँवर सुदूरपश्चिम प्रदेशका पूर्व सांसद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ५ जना नेतालाई पार्टीबाट निस्कासित गरेको छ । एमालेबाट निकालिएका डा. भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानलाई सहयोग गरेको भन्दै उनीहरुलाई पार्टीबाट निस्कासित गरिएको हो ।

सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवरसहित प्रदेश कमिटी सदस्य जङ्गबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पनि पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको एमाले सुदूरपश्चिमले जनाएको छ । खड्का र कुँवर सुदूरपश्चिम प्रदेशका पूर्व सांसद हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया