माघ २८, २०८१ सोमबार February 10, 2025

माओवादी केन्द्रको प्रदेश इन्चार्ज हेरफेर

पूर्वउपराष्ट्रपति जिम्मेवारीविहीन-अवकाशप्राप्त विद्यार्थी नेतालाई वैकल्पिक केन्द्रीय सदस्यको प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । प्रदेश इन्चार्ज तोकेको पार्टीले केन्द्रले पूर्वपश्चिम हुलाकी राजमार्गकेन्द्रित जनतासँग माओवादी विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा सोमबार बसेको पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरू तोक्दै विशेष अभियानलाई सफल बनाउन निर्देशनसमेत दिएको छ । इन्चार्जको जिम्मेवारी दिँदै अध्यक्ष प्रचण्डले पार्टीद्वारा हुलाकी राजमार्गकेन्द्रित जनतासँग माओवादी विशेष अभियान सफल बनाउन कार्यक्षेत्रमा जान निर्देशन दिए ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रदेश इन्चार्ज तोक्दै पार्टीद्वारा सञ्चालन हुने विशेष अभियान सफल बनाउन निर्देशन दिइएको बताए । ‘बैठकले प्रदेश इन्चार्जहरू तोकेको छ । उहाँहरूलाई अध्यक्ष कमरेडले विशेष निर्देशन दिँदै हुलाकी राजमार्गकेन्द्रित जनतासँग माओवादी विशेष अभियान सफल बनाउन आजैदेखि कार्यक्षेत्रमा खटिन निर्देशन भएको छ,’ प्रवक्ता सापकोटाले भने ।

कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल इन्चार्ज तोकिएका छन् भने मधेस प्रदेशमा उपमहासचिव मातृका यादव, बाग्मती प्रदेशमा सचिव हितमान शाक्य, गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी कमिटी सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्ज तोकिएको प्रवक्ता सापकोटाले जनाएका छन् ।

यसैगरी, विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सार्क प्रवासमा लक्ष्मण पन्त, युरोप–अमेरिका राम कार्की र एसियामा ओम शर्मालाई इन्चार्जको जिम्मेवारी तोकिएको छ । प्रवक्ता सापकोटाका अनुसार महासचिवभन्दा माथिका पदाधिकारीलाई भूगोलको जिम्मेवारी नदिने नीतिअनुसार कार्य विभाजन गरिएको छ ।

यसअघि उपाध्यक्ष सापकोटा बाग्मती र युरोप अमेरिका प्रवास इन्चार्ज पम्फा भुसाल थिइन् । मधेस प्रदेशको इन्चार्ज रहेका सचिव लीलामणि पोखरेललाई हटाएर उपमहासचिव मातृका यादवलाई जिम्मेवारी दिइएको हो ।

हुलाकी राजमार्गमा जनतासँग माओवादी विशेष अभियान

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित जनतासँग माओवादी विशेष अभियान सञ्चालन गर्दै छ । आगामी १२ फागुनदेखि सो अभियान सुरु हँुदै छ । झापाको केचनाकवलबाट अभियान सुरु हुने प्रवक्ता सापकोटाले जनाएका छन् ।

‘१२ फागुनदेखि झापाको केचनाकवलबाट अभियान सुरु गर्दै छौं, यो अभियान हुलाकी राजमार्ग भएर चल्नेछ,’ प्रवक्ता सापकोटाले भने । २१ देखि २३ पुससम्म काठमाडौंमा बसेको पार्टी केन्द्रीय समितिको छैटौं पूर्ण बैठकले हुलाकी राजमार्गकेन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यसैगरी, माओवादी केन्द्रले पार्टीबाट निर्वाचित पालिका प्रमुख र उपप्रमुखहरूको भेला गर्ने निर्णय गरेको छ । १ सय २३ वटा स्थानीय तहमा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखमा जित हासिल गरेको छ । आगामी ९ फागुनमा काठमाडौंमा हुने सो भेलामा विकास, निर्माणसहित पालिकास्तरबाट हुने विभिन्न काम र नागरिकको सरोकारका विषयमा प्रशिक्षणसमेत दिइने प्रवक्ता सापकोटाले जनाएका छन् ।

पूर्वउपराष्ट्रपति जिम्मेवारीविहीन

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा फर्किए पनि उनी जिम्मेवारीविहीन छन् । माओवादी केन्द्रबाट उपराष्ट्रपति भएका पुन पार्टीका नियमित बैठकहरूमा सहभागी हुँदै आएका छन् । पुन आमन्त्रित सदस्यका रूपमा विभिन्न तहका बैठकमा सहभागी हुँदै आइरहेका छन् ।

पुनलाई माओवादी नेतृत्वले उपाध्यक्ष दिने यसअघि नै अनौपचारिक सहमति गरेको थियो । सोहीअनुसार अध्यक्ष प्रचण्डले पुनलाई पार्टीको उपाध्यक्ष बनाउन खोजेका थिए । तर, पाटीभित्रबाटै विरोध भएपछि पुन अहिले जिम्मेवारीविहीन छन् । सोमबारको बैठकमा समेत पुन सहभागी थिए । उनलाई यस बैठकले जिम्मेवारी तोक्ने भनिए पनि अर्को बैठकबाट मात्रै जिम्मेवारी तोक्ने नेताहरू बताउँछन् ।

पार्टीमा सहमति जुट्न नसक्दा पुनलाई जिम्मेवारी नतोकिएको बताइएको छ । प्रवक्ता सापकोटाका अनुसार पुनलाई जिम्मेवारी तोकिने ’boutमा बैठकमा निर्णय भएको छैन । पुनले आफूलाई कृषि तथा उत्पादन विभाग दिन माग गरेको एक पदाधिकारीले जनाएका छन् । उनको प्रस्तावमा नेताहरू सकारात्मक भए पनि निर्णय भने भएको छैन ।

माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले पुनलाई उपाध्यक्ष वा अन्य जिम्मेवारी दिने विषयमा पार्टीमा छलफल भए पनि निर्णय नभएको बताए । यस’boutमा नेताहरू सकारात्मक भए पनि निर्णय नभएको बताउँदै उपमहासचिव बस्नेतले अर्को बैठकमा निर्णय हुनसक्ने बताए ।

यसअघि बसेको केन्द्रीय समितिको बैठकमा पुनलाई जिम्मेवारी दिने ’boutमा नेताहरूले समर्थनका साथै आलोचनासमेत गरेका थिए । सोही कारण अध्यक्ष प्रचण्डले उनको जिम्मेवारी तोक्न ढिलाइ गरेको हुन सक्ने बुझाइ नेताहरूको छ ।

अवकाशप्राप्त विद्यार्थी नेतालाई वैकल्पिक केन्द्रीय सदस्यको प्रस्ताव

यसैबीच, माओवादीनिकट अखिल (क्रान्तिकारी)का अवकाशप्राप्त विद्यार्थी नेतालाई पार्टीको जिम्मेवारीमा ल्याउनुपर्ने आवाज उठिरहेको छ । उनीहरूलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिनुपर्ने प्रस्ताव गरिएको छ ।

उपमहासचिव शक्ति बस्नेत नेतृत्वको तीन सदस्यीय कार्यदलले निवर्तमान उपाध्यक्षदेखि महासचिवसम्मलाई वैकल्पिक केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेको हो । बस्नेत नेतृत्वको कार्यदलले पार्टी अध्यक्ष प्रचण्डलाई सोमबार सो प्रतिवेदन बुझाएको छ ।

बस्नेतको नेतृत्वमा गठन भएको कार्यदलमा अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्मा र तत्कालीन अध्यक्ष पञ्चा सिंह सदस्य छन् । अध्यक्ष प्रचण्डलाई बुझाइएको प्रतिवेदनमा विद्यार्थी नेताहरूको पार्टी तहमा जिम्मेवारीका लागि सिफारिस गरिएको छ ।

उमेर हदका कारण बाहिरिएका महासचिवसम्मलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य बनाउन कार्यदलले प्रस्ताव गरेको हो । तीबाहेक तलकालाई पनि आवश्यकतानुसार जिम्मेवारी दिनुपर्ने उल्लेख गरिएको छ ।

गत १३ पुसमा अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हद लगाउने कि खुला गर्ने’bout भएको निर्वाचनमा खुला पक्षधर पराजित भएका थिए । उमेर हदका कारण झन्डै हजार जना विद्यार्थी नेता बाहिरिएका थिए । पुरानो समितिमा १ सय ७९ जना पदाधिकारीमध्ये १ सय ३८ जना बाहिरिएका छन् । तीमध्ये सिंह अहिले केन्द्रीय सदस्य छिन् ।राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया