मकवानपुर, २६ माघ : बागमती प्रदेशसभाको आजको बैठकले ‘प्रदेश खेलकुद विकास ऐन २०७५, लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतिबाट पारित गरेको छ ।
उक्त विधेयक पारित गरियोस् भनी प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बैठकमा पेस गर्नुभएको थियो ।
सोही विधेयकमाथि दफावार छलफलका क्रममा सांसद रत्नप्रसाद ढकाल र छिरिङदोर्जे लामाले विधेयकमाथि प्रश्न उठाउनुभएकामा मन्त्री महर्जनले उत्तर दिनुभएको थियो ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको घोषणा गर्नुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया