मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

बाबुआमासँगै बालबालिका पनि मुगलान

दलित समुदायको बाहुल्य रहेको यस वडाका मानिसहरू भारत जाँदा सपरिवार जाने चलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुर्खेत, माघ २७ गते । सुर्खेतसँगै जोडिएको दैलेखको गुराँस गाउँपालिकामा दुई हजार ७३३ जनसङ्ख्या छ । जसमा पाँच वर्षदेखि २० वर्षसम्मका बालबालिकाको एक हजार १२१ छ । जसमध्ये बालक ६३० र बालिका ४९१ जना छन् । एउटा माध्यमिक र पाँच वटा प्राथमिक विद्यालय रहेको यस वडामा कुल विद्यार्थी ८७७ जना छन् । विद्यालयको तथ्याङ्क अनुसार ८० जना विद्यार्थी विद्यालय नै आउँदैनन् । तीमध्ये अधिकांश विद्यार्थी कक्षा ४ देखि ८ सम्मका छन् । उनीहरू बाबुआमासँगै भारत (मुगलान) गएका छन् ।

गाउँपालिकाको तल्लो डुङ्गेश्वरमा रहेको महादेव माविमा ४८० विद्यार्थी छन् । तीमध्ये २० जना विद्यार्थी भारतमा छन् । बिपी प्राविमा भर्ना भएका एक सय विद्यार्थीमध्ये २० जना विद्यालय आउँदैनन् । दुर्गादेवी प्रावि पुरैनीमा भर्ना भएका ७१ जनामा पाँच जना विद्यार्थी अभिभावकसँगै भारत गएका छन् । भैरव प्रावि रानीवन सेरिबाडामा भर्ना भएका ५३ जना विद्यार्थीमध्ये १० जना, भगवती प्रावि सेरिबाडामा भर्ना भएका ३२ जनामध्ये छ जना, भैरव प्रावि लमचुडीमा १४१ विद्यार्थीमध्ये १८ जना बालबालिका बाबुआमासँगै भारत गएका छन् ।

विद्यालय जाने उमेरका बालबालिका अभिभावकको पछि लागेर मुगलान जानु यहाँका लागि नौलो होइन । दैलेख गुराँस गाउँपालिका–२ मा यो चलन लामो समयदेखि चलिरहेको छ । जसले गर्दा बालबालिका विद्यालय शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था छ । स्थानीय दलबहादुर विकले रोजीरोटीका लागि मुगलान जानुको विकल्प नभएको बताउनुहुन्छ । गाउँका अधिकांश व्यक्ति रोजगारीका लागि भारतमै आश्रित छन् । दलित समुदायको बाहुल्य रहेको यस वडाका मानिसहरू भारत जाँदा सपरिवार जाने चलन छ । भारतमा जसले जे काम पायो त्यही गर्ने र केही कमाइ गरेर नेपाल फर्कने उनीहरूको चलन पनि हो ।

विद्यालयमा अनुपस्थित विद्यार्थी बाबुआमासँगै भारतका विभिन्न ठाउँमा गएको पाइएको छ । त्यहाँको भैरव प्रावि रानीवनका प्रधानाध्यापक नन्दा शाहीले बाबुआमा मौसमी कामका लागि मुगलान जाने भएकाले उनीहरूका सन्तान पनि उतै जाँदा विद्यालयमा अनुपस्थित देखिएको बताउनुभयो । उपस्थित नभएका बालबालिका आफ्ना बाबुआमासँग भारततिर गएको उहाँले बताउनुभयो ।

विद्यालय उमेर समूहका बालबालिका अविभावकको साथमा भारत जाँदा बालबालिकाको शिक्षा पाउने अधिकार हनन भएको भन्दै शिक्षा क्षेत्रका सरोकारवालाले पनि चिन्ता व्यक्त गरेका छन् ।

उनीहरूले आफ्नै घर फर्केर पढ्ने वातावरण बनाउन स्थानीय पालिकालगायतले रोजगार तथा आयआर्जनका कार्यक्रम सञ्चालन गरी फिर्ता ल्याउनुपर्ने माग गरेका छन् । राँस गाउँपालिका–२ का वडाध्यक्ष शेरबहादुर रावलले बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनु पर्छ भनेर आफूहरूले पहल गरे पनि कठिनाइ भोग्नुपरेको बताउनुभयो । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेमा नेतृत्व हस्तान्तर र रुपान्तरण अपरिहार्य – गोकर्ण विष्ट
२०८२ मंग्सिर २४, बुधबार
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
२०८२ मंग्सिर २४, बुधबार
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
२०८२ मंग्सिर २४, बुधबार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ
२०८२ मंग्सिर २४, बुधबार