चैत्र १३, २०८१ बुधबार March 26, 2025

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सञ्चारमन्त्री गुरुङले “सामाजिक सञ्‍जाल विधेयक, २०८१” सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २७ माघ । राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजे बस्नेछ ।

संघीय संसद सचिवालयका अनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक वर्ष २०८१÷८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन” सभा समक्ष पेस गर्नेछन ।

साथै, सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले “सामाजिक सञ्‍जाल विधेयक, २०८१” सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्” भन्‍ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया