काठमाडौंः नेकपा (एकिकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् ।
शुक्रबार पार्टी कार्यालयमा आयोजित संगठनको केन्द्रिय कमिटी बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो । यसअघि उनी संगठनका महासचिव थिए ।
पार्टीले एक व्यक्ति एक पदको अवधारणा अघि सारेपछि आरति लामालाई अखिलबाट बिदा गरिएको थियो।। त्यसै गरि उपाध्यक्षमा अशोक थापा,कल्याण दाहाल,किशोर टण्डन, भुपेन्द्र शाह, मिलन राई, दिनेश लो, मेघनाथ चापागाईं, डम्बर सिंह, राजकिशोर यादव, नरेश न्यौपाने रहेका छन।
त्यस्तै, संगठनको महासचिवमा राजन शर्मा पराजुली चयन भएका छन। श्रेष्ठले राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसबाट विद्यार्थी राजनीति आरम्भ गरेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया