चैत्र २, २०८१ शनिबार March 15, 2025

कांग्रेसभित्र बलियो एकता हुन सके पार्टीलाई कुनै शक्तिले परास्त गर्न सक्दैन : सभापति देउवा

पार्टीभित्र बलियो एकता जरूरी रहेकाले एकढिक्का हुन नेता तथा कार्यकर्तालाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

‘हामी मिले कसैले हराउन सक्दैन, त्यसकारण पार्टीभित्र एकता हुन जरूरी छ । पार्टीभित्र बलियो एकता कायम हुन सके कुनै निर्वाचनमा कांग्रेसलाई कसैले हराउन सक्दैन’, सभापति देउवाले भने, ‘पार्टीलाई बलियो बनाउन विकासका काममा समेत कांग्रेसका नेता तथा कार्यकर्ताहरू एकजुट भएर लाग्न आवश्यक छ ।’

यसैगरी उनले दाङमा रहेको विमानस्थल स्तरवृद्धि अपरिहार्य रहेको भन्दै तुलसीपुरमा रहेको विमानस्थल स्तरवृद्धिका लागिसमेत विज्ञहरूसँग परामर्श तथा प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘दाङमा ठूला जहाज उडानका लागि यहाँको विमानस्थललाई विस्तार गर्न जरूरी छ । यो दाङको आवश्यकता हो । यसकार्यमा मैले पनि पहल गर्नेछु’, उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया