चैत्र २, २०८१ शनिबार March 15, 2025

नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार अघि बढिरहेको छ : उपप्रधानमन्त्री सिंह

अधिकारको माग गर्नु जनताको अधिकार र भन्दै अधिकारसँगै जिम्मेवारीबोध गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँः उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले हरेक नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार अघिबढिरहेको बताउनुभएको छ ।

शंकरापुर नगरपालिका वडा नं ४ मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सिंहले यस्तो बताउनुभएको हाे । राजनीतिक स्थिरता नभए अर्थतन्त्र चलायमान नहुने र विकास निर्माणको काम पनि हुन नसक्ने आवश्यकता बोध गरेरै अहिले नेपाली कांग्रेस र नेकपा एमालेसहितका दलहरू मिलेर सरकार बनेको पनि उहाँले प्रष्ट पार्नुभयो ।

वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको हाे । अर्थतन्त्र चलायमान बनाउन स्थिरता नभइ नहुने हाम्रो अनुभवबाटै अनुभूत गरेका छौँ । राजनीतिक स्थायित्वको जगमा हरेक नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउन सरकार अघि बढिरहेको छ,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, चुनावमा भिन्न दलकाे फरक एजेन्डा हुनसक्छ । तर, परिणाम आइसकेपछि विकास निर्माणको  काममा सबै राजनीतिक दल, समुदाय, जनप्रतिनिधि मिल्नुपर्छ । प्राथमिकता तय गरेर काम गर्नुपर्छ ।´ उहाँले अहिले आफू देशभर जाँदा विकासका काममा राजनीतिक दलहरू मिलेर अघि बढ्ने  राजनीतिक संस्कार देखेको भन्दै खुशी पनि व्यक्त गर्नुभयो ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले अधिकारको माग गर्नु जनताको अधिकार र भन्दै अधिकारसँगै जिम्मेवारीबोध गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

धेरै लामो सङ्घर्ष गरेर समावेशी संविधान प्राप्त भएको भन्दै उहाँले प्राप्त उपलब्धि सुरक्षित गर्न राजनीतिक स्थिरता हुनुपर्ने बताउनुभयो ।

त्यस्तै उपप्रधानमन्त्री सिंहले चाडपर्वहरू परम्पराको जगेर्ना गर्न, आपसी सद्भाव बढाउन र खुशी साटासाट गर्न महत्वपूर्ण हुने भन्दै ल्होसारको शुभकामना व्यक्त गर्नुभयो । नेपाल बहुभाषिक,बहुसाँस्कृतिक र बहुजातिय देश भएपनि सबैको पहिचान, भाषा, संस्कृति, पहिचानको सहअस्तित्व स्विकार्ने नेपाली समाजको सुन्दरता भन्दै यसलाई जोगाउनुपर्नेमा जोड दिनुभयो  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया