चैत्र १३, २०८१ बुधबार March 26, 2025

सत्तारुढ ६ दलका प्रमुख सचेतकहरू एमाले दलको कार्यालयमा

सिंहदरबारमा जारी छलफलमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सत्ता पक्षीय प्रमुख सचेतकहरू सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफल गरिरहेका छन्। सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारेमा सचेतकहरू छलफल गरिरहेकका छन्।

नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छलफलमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सत्ता पक्षीय प्रमुख सचेतकहरू सहभागी छन् ।

बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौलासहित जसपा नेपाल, जसपा, लोसपा, जनमत पार्टीका प्रमुख सचेतक सहभागी छन् ।

सत्तारुढ दलहरूको हिजो बसेको बैठकले भूमि सम्बन्धी बाहेक अन्य अध्यादेश सदनमा अघि बढाउने निर्णय गरेको थियो । त्यसैको तयारीका लागि प्रमुख सचेतकहरूको बैठक बसेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया