चैत्र १२, २०८१ मंगलबार March 25, 2025

भन्सार छलेको सामानसहित एक जना पक्राउ

पौने तीन लाख मूल्य भन्दा बढीको भन्सार छलीको सामान बरामद

भन्सार छली समान
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले पौने तीन लाख मूल्य भन्दा बढीको भन्सार छलीको सामान बरामद गरेको छ। यस क्रममा मोटरसाइकल चालकसमेत पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा राजदेवी नगरपालिका-१ का तस्कर ३६ वर्षीय प्रदीप कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले बताएका छन्।

जिल्ला प्रहरी तथा मातहतको गस्ती टोलीले विभिन्न ठाउँमा चेकजाँचको क्रममा भारतबाट भित्र्याइएको २ लाख,७९ हजार ८० रुपैयाँ बराबरको कपडा, किराना, कस्मेटिक लगायतका सामान बरामद गरेको उनले बताए।

चौधरी बिआर ०६सी २७९२ नम्बरको मोटरसाइकलमा सवार थिए। उनलाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको रौतहट प्रहरीले जनाएको छ।

त्यस्तै, भारतीय बजारबाट लुकिछिपी साइकलमा राखेर रौतहटमा ल्याइएको दर्जनौँ कुखुरा प्रहरीले बरामद गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया