चैत्र २, २०८१ शनिबार March 15, 2025

तनहुँबाट तीन थान भरुवा बन्दुकसहित दुईजना पक्राउ

एक नाले बन्दुक र त्यसको चाप (घोडा नभएको बन्दुक) बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अवैध भरुवा बन्दुक राखेको आरोपमा तनहुँ प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको नेतृत्वमा खटिएको ग्रामीण गस्ती टोलीले देवघाट गाउँपालिका–४ मा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ६१ वर्षीय संखबिर गुरुङको घरबाट लुकाइराखिएको अवस्थामा एक नाले बन्दुक र त्यसको चाप (घोडा नभएको बन्दुक) बरामद गरिएको छ। यस्तै, ६८ वर्षीय कृष्णबहादुर गुरुङको घरमा पनि लुकाइराखिएको एक नाले बन्दुक फेला परेको थियो।

तीन थान भरुवा बन्दुकसहित दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

हाल उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया