मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

तनहुँबाट तीन थान भरुवा बन्दुकसहित दुईजना पक्राउ

एक नाले बन्दुक र त्यसको चाप (घोडा नभएको बन्दुक) बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अवैध भरुवा बन्दुक राखेको आरोपमा तनहुँ प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको नेतृत्वमा खटिएको ग्रामीण गस्ती टोलीले देवघाट गाउँपालिका–४ मा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ६१ वर्षीय संखबिर गुरुङको घरबाट लुकाइराखिएको अवस्थामा एक नाले बन्दुक र त्यसको चाप (घोडा नभएको बन्दुक) बरामद गरिएको छ। यस्तै, ६८ वर्षीय कृष्णबहादुर गुरुङको घरमा पनि लुकाइराखिएको एक नाले बन्दुक फेला परेको थियो।

तीन थान भरुवा बन्दुकसहित दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

हाल उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेमा नेतृत्व हस्तान्तर र रुपान्तरण अपरिहार्य – गोकर्ण विष्ट
२०८२ मंग्सिर २४, बुधबार
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
२०८२ मंग्सिर २४, बुधबार
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
२०८२ मंग्सिर २४, बुधबार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ
२०८२ मंग्सिर २४, बुधबार