चैत्र १२, २०८१ मंगलबार March 25, 2025

लोकतान्त्रिक पत्रकार संघको केन्द्रीय संयोजकमा कामरेन्द्र वर्मा नियुक्त

लोसपाले देशैभरी संगठन निर्माणसंगै पत्रकारको हकहितमा काम गर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) निकटको लोकतान्त्रिक पत्रकार संघको केन्द्रीय संयोजकमा कामरेन्द्र वर्मा नियुक्त भएका छन् ।

लोसपा अध्यक्ष महन्थ ठाकुरले वर्मालाई संघको संयोजकमा नियुक्त गरेका हुन् । ‘देश, मधेस एवं पार्टीको हितममा यहाँको कार्यकाल उपलब्धि मुलक हुनेछ भन्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछौं’ ठाकुरले भनेका छन् ।

पार्टीको संशोधित विधान अनुसार वर्मा संघको संयोजकमा नियुक्त भएका हुन् । यस अघि जसपाबाट विभाजन भई गठन भएको लोसपाको पत्रकारको संगठन थिएन् । पत्रकार संघको गठन गरेको लोसपाले देशैभरी संगठन निर्माणसंगै पत्रकारको हकहितमा काम गर्न निर्देशन समेत गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया