चैत्र १२, २०८१ मंगलबार March 25, 2025

काभ्रेको तेमालमा बस दुर्घटना, एक जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका बसका चालकको धुलिखेल अस्पतालमा उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काभ्रेपलाञ्चोक। जन्ती पुर्याएर फर्किएको बस तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया