चैत्र १२, २०८१ मंगलबार March 25, 2025

संविधानसभा सदस्य विदुर सापकोटाको निधन

लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित सापकोटा रहेनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तत्कालीन संविधानसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।

मण्डनदेउपुर नगरपालिका– ७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिए ।

सापकोटा लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । पोलिटब्युरो सदस्य वाइबाका अनुसार फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते उनी अस्पताल भर्ना भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया