मंग्सिर १९, २०८२ शुक्रबार December 5, 2025

‘दूरसञ्चारको विकासमा सहकार्य जरुरी’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चार क्षेत्रको विकासका लागि नियामक र सेवाप्रदायकबिच सहकार्य जरुरी रहेको बताउनुभएको छ ।

टेकपाना मिडियाले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले नियामक र सेवाप्रदायकबिचको द्वन्द्वले यस क्षेत्रको विकास हुन नसक्ने बताउनुभयो । “सेवाप्रदायक र नियामक निकायबिचको जुन किसिमको झगडा हुन्छ, यो क्षेत्रको समस्याको जड नै त्यही हो,” उहाँले भन्नुभयो ।

डिजिटल अर्थतन्त्रको विकासका लागि सरकारले लिएको लक्ष्य कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक रहेको पनि मन्त्री गुरुङले बताउनुभयो । डेटा सुरक्षा, दूरसञ्चार ऐन संशोधन, ओटिटी नियमन, साइबर सुरक्षा कानुन र आइटी पूर्वाधार विकासमा सरकारले प्राथमिकता दिने उहाँले जानकारी दिनुभयो । सो क्रममा उहाँले उनले नियामक निकायलाई थप प्रभावकारी बनाउन छुट्टै ऐन आवश्यक रहेको धारणा राख्नुभयो । मन्त्री गुरुङले पूर्वाग्रहमुक्त भएर सरोकारवालासँग छलफल गरी समस्याको समाधान खोजिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

दूरसञ्चार ऐन २०५३ मा बनेको भए तापनि नियमावली ऐनभन्दा विपरीत रहेकाले ऐनलाई समातेर अगाडि बढ्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो । मन्त्रालयकी सचिव राधिका अर्यालले मन्त्रालयले दूरसञ्चार ऐनको तर्जुमा गरिरहेको र सरोकारवालाको सुझावलाई समेटेर ऐनलाई समयसापेक्ष बनाइने जानकारी दिनुभयो । सो क्रममा उहाँले टेलिकम सेवाप्रदायक र इन्टरनेट सेवाप्रदायकले कानुनले तोकेको जिम्मेवारी पूरा गर्न इमानदारिता देखाउन आवश्यक रहेको बताउनुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका भूपेन्द्र भण्डारीले भण्डारीले ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) को दायरा बढाउनुपर्ने, ऐनका अस्पष्टता हटाउनुपर्ने र करको दर पुनरवलोकन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । दूरसञ्चार सेवाको गुणस्तर सुधार गर्नुपर्ने र उपभोक्ता अधिकारलाई प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले साइबर सुरक्षाका लागि बलियो कानुन र जनचेतना आवश्यक रहेको, डिजिटल साक्षरता बढाउनुपर्ने र अनुसन्धान तथा विकासमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्र ठाकुरले दूरसञ्चार क्षेत्रका समस्या समाधानका लागि मन्त्रालयले नीतिगत सुधार गरिरहेको जानकारी दिँदै दूरसञ्चार नीतिलाई लगानीमैत्री बनाउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो । धेरै सरोकारवालाबाट आएको सुझावलाई चाँडो टुङ्ग्याएर अगाडि बढाइने उहाँले बताउनुभयो ।

दूरसञ्चार सेवाप्रदायक एनसेलका सिइओ जब्बोर कायुमोभले विदेशी लगानीलाई आकर्षित गर्न लगानीमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । “दूरसञ्चार क्षेत्रमा नेपालले विदेशी लगानीलाई बेवास्ता गर्नु हुँदैन,” उहाँले भन्नुभयो । त्यस्तै उहाँले लाइसेन्स नवीकरण प्रक्रियालाई सरल बनाउनुपर्ने, सेयर बिक्री र स्वामित्व हस्तान्तरणमा नियामक निकायको स्वीकृतिलाई सहजीकरण गर्नुपर्ने र करको दर समायोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

दूरसञ्चारविज्ञ सिमणि चौलागाईंले सेवाप्रदायकले उपभोक्ताको माग अनुसार आफ्नो सेवालाई विविधीकरण गर्नुपर्नेमा जोड दिँदै ओटिटी प्लेटफर्मसँग सहकार्य गरेर राजस्व साझेदारीको मोडलमा जान सकिने बताउनुभयो । दूरसञ्चार प्राधिकरणका निर्देशक विजय रोयले ओटिटीलाई बन्द गर्नुको सट्टा सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल टेलिकमका उपप्रबन्धक श्रद्धा मानन्धरले नेपाल टेलिकम नाफामुखी नभई सेवामुखी संस्था भएको बताउँदै राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो । भायानेट कम्युनिकेसन्सका प्रबन्ध निर्देशक विनय बोहोराले इन्टरनेट सेवाप्रदायकलाई हल्का नियमन गरिएकाले यो क्षेत्रको विकास भए पनि अहिले कर्मचारीतन्त्रका कारण समस्या भएको बताउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार