काठमाडौं । चितवनको त्रिशूली नदीमा खसेर बेपत्ता भएका २७ वर्षीय रोहित राना शव ९ दिनपछि फेला परेको छ ।
फागुन २ गते चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ३ नम्बर पुलबाट त्रिशूलीमा खसेका रानाकाे आइतबार बिहान मृत फेला परेकाे हाे ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार शव भेटिएपछि पोस्टमर्टमका लागि भरतपुर अस्पताल लगिएको छ। रोहितका परिवारले शव सनाखत गरिसकेका छन्।
उनी सवार बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो। मोटरसाइकल सडकमै अडिएको थियो भने उनी त्रिशूलीमा खसेका थिए। खोजीका लागि सशस्त्र प्रहरीको गोताखोरसहित टोली परिचालन गरिएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया