चैत्र १२, २०८१ मंगलबार March 25, 2025

नेविसंघ तनहुँको समानान्तर समिति विघटन

शेखर समूहका प्रतिनिधि सोन आलेले जिल्ला अध्यक्ष आशिष कैनीलाई समाहितपत्र बुझाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २८ फागुन । नेपाल विद्यार्थी संघ (नेविसंघ) तनहुँको शेखर समूहअन्तर्गत गठन भएको समानान्तर समिति विघटन भएको छ ।

नेविसंघ तनहुँका जिल्ला अध्यक्ष आशिष कैनीको नेतृत्वमा संगठनलाई एकीकृत गर्दै अगाडि बढाउने निर्णय भएको हो । शेखर समूहका प्रतिनिधि सोन आलेले जिल्ला अध्यक्ष आशिष कैनीलाई समाहितपत्र बुझाइसकेका छन् ।

संगठनभित्र एकता कायम गर्दै आगामी गतिविधि अघि बढाउने उद्देश्यका साथ समितिलाई समाहित गरिएको जिल्ला अध्यक्ष कैनीले बताए । स्ववियु निर्वाचनलाई प्रभावकारी बनाउन संगठनलाई एक ढिक्का बनाउँदै अगाडि बढ्ने लक्ष्य रहेको नेविसंघले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया