बैसाख ९, २०८२ मंगलबार April 22, 2025

पूर्वराजालाई राप्रपाको पार्टी अध्यक्ष बनाउन काँग्रेस सभापति देउवाको सुझाव

ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक छैनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुनलायकको मान्छे नै नभएको र हुनपनि नसक्ने बताउनु भएको छ ।

कांग्रेसका बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टीको अध्यक्ष बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सुझाव दिनु भएको छ ।

सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी अध्यक्ष बनाउँदा पनि राप्रपा पछुताउने दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो ‘बरु राप्रपाले पार्टी सभापति (अध्यक्ष) बनाए हुन्छ । पूर्वराजाले राजनीति नै गर्नुछ भने पार्टी खोलेर गरे भइहाल्यो । तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दु:ख पाउँछन्।’ सभापति देउवाले भन्नुभयो ‘यिनको बानी के छ, टेम्पारामेन्टले पनि यिनी कुनैपनि हालतमा संवैधानिक राजा बन्नेवाला छैनन् ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया