फागुण ४, २०८२ सोमबार February 16, 2026

रास्वपाको सचिवालय बैठक बस्दै

अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रमबारे छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, चैत २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बुधबार अपराह्न ४ बजे रास्वपा केन्द्रीय कार्यालय चःमतिमा केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो ।

बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै पार्टीका अधिवेशनबारे पनि छलफल बताइएको छ ।

बैठकमा चितवनबाट आरम्भ भएको जनयात्रालाई निरन्तरता दिनेबारे पनि छलफल हुने उनले बताए । सचिवालय बैठकमा प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको कामबारे पनि छलफल हुने रास्वपाले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया