काठमाडौं, २७ चैत्र । नेकपा (एकीकृत समाजवादी) ले आगामी वैशाख १० गते सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ । राजावादीहरुको चैत्र १५ गतेको प्रदर्शनलाई लक्षित गरेर एकीकृ तसमाजवादीले यसअघि नै आन्दोलन र संघर्षका कार्यक्रम सार्वजनिक गरेको थियो ।
त्यस कार्यतालिकामा केही संशोधन गरिएको र जसअनुसार २०८२ सालको बैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भनिएको छ । यस्तै, बैशाख १४ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित प्रदेश र जिल्लाका मागपत्र बुझाईने नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
यस्तै, बैशाख २२ र २३ गते पालिका र वडा कार्यालयहरुमा सम्बन्धित पालिका र वडाका मागपत्र बुझाउने कार्यतालिका छ । यस्तै, आन्दोलनका दोस्रो चरणका कार्यक्रम भने आगामी बैशाख २५ गते सार्वजनिक गरिने भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया