बैसाख ७, २०८२ आइतबार April 20, 2025

स्वर्गीय मिश्रको सालिक निर्माणमा अवरोध नगर्न कांग्रेस नेता निधिको आग्रह

जहाँनिया शासनको अन्त्य र प्रजातन्त्र ल्याउन गरेको सङ्घर्षको स्मरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुर, २९ चैत: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राजनीतिक तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका स्वर्गीय रामनारायण मिश्रको सालिक निर्माणमा अवरोध नगर्न आग्रह गर्नुभएको छ ।

आज जनकपुरधाममा पत्रकारसँग कुराकानी गर्दै उहाँले जहाँनिया शासनको अन्त्य र प्रजातन्त्र ल्याउन गरेको सङ्घर्षको स्मरण गर्दै स्व मिश्रको सालिक निर्माण रोक्ने कार्य कुनै पनि हालतमा राम्रो नभएको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिका-४ स्थित गङ्गासागर पोखरी पूर्वतर्फको डिलमा स्वर्गीय मिश्रको सालिक निर्माणकार्य सुरु हुँदा स्थानीय केही व्यक्तिले विरोध जनाएका छन् । सालिक निर्माण हुने जमिन स्वर्गीय मिश्र परिवारकै रहेकाले त्यस कार्यमा अवरोध नगर्न नेता निधिले आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका नेता प्रफुल्लराज घिमिरेले स्वर्गीय मिश्रको सालिक निर्माणमा गलत राजनीति नगर्न तथा उहाँको योगदानको कदर गर्न सबैलाई आग्रह गर्नुभयो ।

स्वर्गीय मिश्र विसं २०१५ मा भएको निर्वाचनमा तत्कालीन महोत्तरी जिल्लाबाट निर्वाचित भई बिपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा उद्योगमन्त्री हुनुभएको थियो । उहाँका पालामा जनकपुरधामको जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना, कृषि औजार कारखाना, बाँसबारी छाला उद्योगसहितका दर्जनौँ उद्योग स्थापना भएको बताइन्छ ।

विसं २०१७ पुस १ गते राजा महेन्द्रले पञ्चालयती व्यवस्था सुरु गरेपछि मिश्रलाई पनि लामो समयसम्म जेलमा बन्दी बनाइएको थियो । उहाँको विसं २०२७ पुस ६ गते निधन भएको थियो ।

हाल सालिक निर्माण गर्ने भनिएको स्थलमा प्रत्येक वर्ष उहाँको पुण्यतिथि मनाउने गरिएको छ । यहाँ सालिक निर्माणका लागि जनकपुरधाम उपमहानगरपालिकाले बजेट विनियोजन गरी कार्य अगाडि बढाएको नगरप्रमुख मनोजकुमार साहले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार