बैसाख ७, २०८२ आइतबार April 20, 2025

याे निर्वाचन प्रणालीले कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ : देउवा

अहिलेको संविधानले देशका सबैजसो समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान उत्कृष्ट दस्ताबेज भएको बताएका छन् । नेपाल मुस्लिम संघले नयाँ वर्ष, २०८२ को पूर्वसन्ध्यामा आयोजना गरेको इद मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले अहिलेको संविधानले देशका सबैजसो समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको दाबी गरे ।

सभापति देउवाले भने, “हाम्रो देश अहिले समावेशी समानुतिक प्रतिनिधित्वका आधारमा चलिरहेको छ । यसमा संविधानतः मुस्लिम समुदायको पनि प्रतिनिधित्व भएको छ । नेपालको संविधान अत्यन्तै राम्रो संविधान छ । सबैलाई मिलाएर जाने प्रबन्ध संविधानले नै गरेको छ ।”

देउवाले एउटा दलको बहुमत आउन कठिन अवस्था संविधानमा रहे पनि सबैलाई मिलाउने प्रबन्धनले संविधानलाई उत्कृष्ट बनाएको तर्क गरे ।

“यस संविधानमा रहेको निर्वाचन प्रणालीले कुनै पनि पार्टीको बहुमत आउन चाहिँ गाह्रो छ । तर, बहुमत आउन गाह्रो भए पनि सबैलाई मिलाउन सक्ने संविधान छ,” देउवाले भने, “आदिवासी जनजाति, महिला, मुस्लिमसहित सबैको प्रतिनिधित्व यस संविधानले सुनिश्चित गरेको छ ।”

उनले मुस्लिम समुदाय नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा अत्यन्तै मेलमिलाप गरेर बसेको बताए । उनले मुस्लिम समुदायमा मिहिनेती स्वभाव संस्कारकै रूपमा रहेको पनि बताए ।

“नेपालगन्जका हुन्, चाहे बारा–रौतहट, चाहे सुनसरी–विराटनगरका मुस्लिम समुदाय अन्य समुदायसँग अत्यन्तै प्रगाढ सम्बन्ध बनाएर बसेको छ,” देउवाले भने, “अत्यन्त मिहिनेती यो समुदायको स्वभाव हो ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार