बैसाख ७, २०८२ आइतबार April 20, 2025

आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर

सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षकहरुले वार्ता सम्वाद गरेर निश्कर्षमा पुग्नु पर्ने महरको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ३१ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधनका लागि सरकार गम्भीर बन्नु पर्ने बताएका छन ।

नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुख समेत रहेका महरलाई ध्यानाकर्षण गर्न महरको सचिवालय पुगेका नेपाल शिक्षक संघका प्रदेश र जिल्ला अध्यक्षहरु संग कुरा गर्दै नेता महरले भने, ‘देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु लामो समय देखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन।विगतको सरकार संगको सहमति कार्यान्वयनका लागि सरकार खासै संबेदनशील देखिएन ।’

मन्त्री परिषदको वैठबाट मात्र पनि सम्बोधन गर्न सकिने थुप्रै मागहरु भएको बताउँदै महरले भने, ‘गर्न सकिने मागका लागि छिटो मन्त्री परिषको वैठक राखेर टुंग्याईनु पर्ने र बाँकी बिषयको वर्गिकरण गर्दै समय तालिका निर्माण गरेर अगाडि बढन सकिने तमाम आधारलाई सरकारले गम्भीर रुपमा लिनुपर्दछ।’

शैक्षिक आमहडताल घोषणा गरेर आन्दोलनरत शिक्षक समुदायको आत्मसम्मानको ख्याल गरेर निश्कर्ष निकाल्नका लागि प्रधानमन्त्रीको थप कृयाशीलता खाँचो रहेको  र देशको वर्तमान परिस्थितिको आंकलन गरेर सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षकहरुले वार्ता सम्वाद गरेर निश्कर्षमा पुग्नु पर्ने महरको भनाई थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार