मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

सुनसरीको देवानगञ्जमा गोली प्रहार, दुई जना घाइते

गम्भीर घाइते मेहतालाई विराटनगरस्थित नोवेल अस्पताल लगियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुनसरीको देवानगञ्जमा सोमबार साँझ गोली प्रहार हुँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा देवानगञ्ज गाउँपालिका–२ का २४ वर्षीय रविन्द्र यादव र वडा नं-१ का शिवुकुमार मेहता रहेका छन्। प्रहरीका अनुसार यादवको अवस्था सामान्य छ। उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। गम्भीर घाइते मेहतालाई भने विराटनगरस्थित नोवेल अस्पताल लगिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अनिल अधिकारीले गोली प्रहार भएको सूचना प्राप्त भए पनि विस्तृत विवरण आउन बाँकी रहेको बताए। उनका अनुसार प्रहरी निरीक्षक पर्शुराम राईको नेतृत्वमा एक टोली घटनास्थलतर्फ पठाइएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण गोली चलेको खुल्न आएको छ। गोली प्रहारमा संलग्न समूह देवानगञ्ज–६ का युवाहरु रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

‘अहिलेसम्म एउटालाई भेटेर स्थानीय क्लिनिक पुर्‍याइएको छ, अर्को घाइतेलाई विराटनगर लगिएको छ। गोली प्रहार गर्ने समूहको खोजी भइरहेको छ,’ घटनास्थलमा रहेका देवानगञ्ज प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठले भने, ‘घटनाबारे विस्तृत जानकारी लिन केही समय लाग्छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार