बैसाख ७, २०८२ आइतबार April 20, 2025

मलेसिया पुगेका दुई नेपाली बेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली बेपत्ता भएका छन् । विभिन्न समयमा मलेसिया पुगेर दुई नेपाली युवा सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन क्वालालम्पुरस्थित नेपाली दूतावासले अनुरोध छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–३ निवासी राहदानी नं ०९६२१९६२ भएका श्यामलाल सुनार २०७४ सालमा एके ओभर्सिज म्यानपावरमार्फत मलेसियाको केलान्तानमा अवस्थित पेलान भन्ने स्थानमा इभर ग्रिन कम्पनीमा काम गर्दै रहेको र करिब २ वर्षदेखि बेपत्ता भएको परिवारले जनाएको छ ।

सुनारको खोजीकार्य गरिदिन परिवारले नेपाली दूतावासलगायत मलेसियामा क्रियाशील नेपाली संघसंस्थालाई अनुरोध गरेको छ । यसैगरी, महोत्तरी जिल्लाको साबिक एकरहिया गाविस–७ हाल पिपरा गाउँपालिका वडा नं. २ बस्ने विनोद मण्डलका छोरा विकासकुमार मण्डल पनि ८ वर्षपहिले मलेसियाको अटा इन्डस्ट्रियल (एम) एसडीएन बीएचडी कम्पनीमा पुगेर काम गर्न थालेका थिए ।

तर, पछिल्लो दुई महिनादेखि उनी घरपरिवारसँग सम्पर्कविहीन रहेको भन्दै खोजी गरिदिन अनुरोध गरेका छन् । उनलाई कोही कसैले कतै देखेमा सम्बन्धित निकायमा जानकारी गराइदिन दूतावासले अनुरोध गरेको छ । दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघसंस्थालाई आग्रह गर्ने गरेको छ ।

मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेका र त्यस्ता नेपाली परिवारको सम्पर्कमा आउन नसक्ने भएकाले पनि खोजी गरिदिन कल आउने गरेको दूतावासले जनाएको छ । साथै, कुनै पनि कानुनको उल्लंघन नगर्न र कुनै करणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने तथा गर्दै आएको जनाइएको छ ।

मलेसिया पुगेर विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट मलेसियामा नेपाली कामदार हराएका हुन् ।

परिवारको सम्पर्कबाहिर रहेका आप्रवासी नेपाली कामदारको अवस्था पत्ता लगाउन सम्बन्धित मुलुकमा रहेको सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय हुने गरेको भए पनि प्रभावकारी हुन नसकेको सरोकारवालाहरू बताउँछन् । वैदेशिक रोजगारीमा रहेर परिवारको सम्पर्कबाहिर पुगेका आप्रवासी कामदारलाई गन्तव्य मुलुकमा रहेको नेपाली दूतावास, कन्सुलर सेवा विभागमार्फत खोजीकार्य हुने गरेको छ ।

विदेशी भूमिमा हराइरहेका कामदारका बारेमा पर्याप्त विवरण नहुँदा खोजी कार्यमा चुनौती हुने गरेको छ । यस्तै, कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठ्यारो हुने गरेको दूतावासको भनाइ छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार