बैसाख ७, २०८२ आइतबार April 20, 2025

वीरगंजमा भड्किएको सामाजिक सद्भाव कायम गर्न सरकार असफल : प्रभु साह

सरकार वीरगंजमा सामाजिक सद्भाव कायम गर्न गम्भिर देखिएन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले वीरगंजमा भड्किएको सामाजिक सद्भाव कायम गर्न सरकार असफल रहेको टिप्पणी गरेका छन् ।

आजपा अध्यक्ष साहले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै वीरगंजमा सरकारले सामाजिक सद्भाव एवं अमनचैन कायम गर्न गम्भिर नदेखिएको भन्दै दुख व्यक्त गरेका छन् ।

विगत पाँच दिनदेखी वीरगंजमा साम्प्रदायिक तनाव एवं कफ्र्यूकोे सकसका बीच बाचिरहदा समेत सरकार किन कानमा तेल हालेर सुतेको होला भन्दै आजपा अध्यक्ष साहले प्रश्न गरेका छन् ।

‘वीरगंजवासी लगातार ५ दिनदेखि साम्प्रदायिक तनाव एवं कफ्र्यूको सकसमा बाचिरहदा सरकार किन कानमा तेल हालेर सुतेकोहोला ? वीरगंजबाट ३/३ वटा संघिय मन्त्री रहेका ओली सरकारले वीरगंजको पिड़ादायी अवस्थाप्रति गम्भीर नदेखिनु दुःखद हो,’ आजपा अध्यक्ष साहले लेखेका छन् ।

देशको आर्थिक राजधानी एवं प्रमुख शहरको जनजिवन दिनदिनै विग्रदै गएको भए पनि सरकार मौन बस्नु लजास्पद रहेको टिप्पणी साहले गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा वीरगंजबाट नेकपा (एमाले)का नेता राजकुमार गुप्ता संघीय मामिला मन्त्री, नेपाली कांग्रेसका नेता अजय चौरसिय कानून मन्त्री र जनता समाजवादी पार्टीका नेता प्रदिप यादव खानेपानी मन्त्री रहेका छन् ।

संघीय सरकारमा रहेका यि मन्त्री सहित स्वयम प्रधानमन्त्री समेत वीरगंज घटनाप्रति उदासिन हुनु दखद भएको बताउदै आजपा अध्यक्ष साहले वीरगंजमा सामाजिक सदभाव एवं अमनचैन कायम गर्न सरकारले विशेष पहलकदमी लिई घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही र पीडितलाई न्याय दिलाउन ध्यानाकर्षण गराएका छन् ।

‘वीरगंजमा सामाजिक सद्भाव एवं अमनचैन कायम गर्न नेपाल सरकारको बिशेष पहलकदमीको माग गर्दै घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कारवाही एवं पीडितलाई न्याय दिलाउन गम्भीर ध्यानाकर्षण गराउदछु,’ आजपा अध्यक्ष साहले भनेका छन् ।

हनुमान जयन्तीको अवसरमा वीरगंजमा निकालिएको शोभायात्रका क्रममा हिन्दु र मुस्लिम समुदायका बीचमा झड्प भई सामाजिक सदभाव विग्रेको हो । प्रशासनले आश्रुग्यास सहित कफ्र्यू समेत जारी गरेको थियो । तर अहिले पनि वीरगंजको सामाजिक सदभाव कायम भएको छैन् ।

पछिल्लो समय भएको हिजो भएको घटनामा दुई पत्रकार समेत घाईत भएका छन् । आजपा अध्यक्ष साहले उनीहरुको स्वास्थ्यलाभको कामना समेत गरेका छन् । र यथासिघ्र वीरगंजको सामाजिक सद्भाव एवं अमनचैनका लागि सरकारले पहल गरोस् भन्ने माग समेत गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार
४ घन्टा पछि छाडिए राजेन्द्र लिङदेनसहितका नेता
२०८२ बैसाख ७, आइतबार