श्रावण ६, २०८२ मंगलबार July 22, 2025

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

अग्लो पहाड नै सिरमा रहेको बस्तीमा सडक पु¥याउनका लागि धेरै प्रयास गरे पनि यसवर्ष मात्रै सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ढोरपाटन (बागलुङ)। बागलङको निसीखोला गाउँपालिका–२ उपल्लोबेङ्ग्री गाउँमा पहिलो पटक मोटरेबल सडकको पहुँच पुगेको छ । भौगोलिक विकटताका कारण ट्रयाक खोल्न सुरु गरेको सात वर्षपछि उपल्लो बेङ्ग्री सडकले जोडिएको हो ।

विसं २०७५ मा उक्त गाउँलाई सडकले जोड्नका लागि ट्रयाक खोल्न सुरु गरिएको थियो । वैशाख २१ गते गाउँमा सडक पुगेपछि स्थानीयव हर्षित भएका छन् । स्थानीयले यातायात र सामान ढुवानी गर्दा सास्ती खेप्दै आएका थिए । निसीखोला गाउँपालिकाले विभिन्न आर्थिक वर्षमा बजेट विनियोजन गरी ट्रयाक खोल्न सुरु गरेको थियो । रु ९१ लाख खर्च गरेर यसवर्ष उपल्लोबेङ्ग्री सडक विस्तार भएको वडा नम्बर २ का अध्यक्ष कुविर विकले बताउनुभयो ।

अग्लो पहाड नै सिरमा रहेको बस्तीमा सडक पु¥याउनका लागि धेरै प्रयास गरे पनि यसवर्ष मात्रै सफल भएको उहाँको भनाइ छ । गाउँपालिकाको केन्द्र जुग्जा खोलादेखि सिधा सडकले जोड्न खोजे पनि ठूलो पहराको कारण अर्नाकोट तिरबाट उपल्लोबेङ्ग्रीमा सडक पु¥याइएको अध्यक्ष विकले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उपल्लो बेङ्ग्रीमा सडक पु¥याउनका लागि धेरै मेहनत गरियो, यसवर्ष मात्रै सफल भयौँ, तल्लो बेङ्ग्री, चौरबेङ्ग्री हुँदै उक्त गाउँमा सडक जोड्ने प्रयास गरेका थियौँ, तल बस्तीमाथि पहरा हुँदा त्यता पट्टबाट सकिएन, अहिले अर्नाकोटबाट जोड्न सफल भयौँ, सडकले अब यहाँका सयौँ नागरिकको दैनिक फेरिने अपेक्षा लिएका छौँ ।”

उपल्लो बेङ्ग्रीमा ६५ परिवारमा २०० भन्दा नागरिक बसोबास गर्दै आएका छन् । उनीहरुलाई सहर बजार पुग्नका लागि पहिले निकै समस्या थियो । सडकले गाउँ जोडिएपछि गाउँमा थुप्रै सम्भावनाका ढोकाहरु खुलेको स्थानीय खुमबहादुर खत्रीले बताउनुभयो ।

“धेरै गाउँमा पहिले नै सडक पुग्यो, हाम्रो गाउँमा बल्ल आयो, सडकलाई अझ व्यवस्थित बनाउनुपर्छ, ढिलै भए गाउँमा सडक आउँदा धेरै खुसी लागेको छ”, खत्रीले भन्नुभयो, “अहिलेसम्म बजारबाट सामान मान्छेले नै बोकेर ल्याउने गथ्र्यौ, अब गाडीले बोकेर ल्याउने छ, कोही बिरामी परेमा पहिलेको जस्तो ढोकोमा पुगेर लैजानुपर्ने छैन, एम्बुलेन्सले बोक्ने छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार