श्रावण ६, २०८२ मंगलबार July 22, 2025

ठूलो परिमाणमा लागू औषधसहित दुई जना धरानमा पक्राउ

मनोज विक र वसन्त राजवंशी ( निखिल) प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुनसरी । धरान उप-महानगरपालिका क्षेत्रबाट प्रहरीले ठुलो परिमाणमा लागू औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्राप्त गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले मिति २०८२ साल वैशाख २३ गते बेलुका ७:४५ बजे धरान-३ स्थित क्वालिटी फुड कर्नर होटेल एन्ड लजको कोठा नम्बर ३ मा छापा मारेको थियो। सो क्रममा कोठामा लुकाई छिपाई राखिएको स्पास्मोप्रोक्सिभन (SpasmoProxyvon) का ३७० क्याप्सुल बरामद गरिएको छ। उक्त कोठाबाट जिल्ला कैलाली धनगढी घर भएका ३१ वर्षीय वसन्त राजवंशी ( निखिल) लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

त्यसपछि सोही दिन राति ८:१५ बजे धरान-८ स्थित सभागृह छेउमा रहेको ३८ वर्षीय मनोज विकको घरमा छापा मार्दा ८९२ क्याप्सुल स्पास्मोप्रोक्सिभन, ७० चक्की नाइट्रोसन र ४० बोतल ESCUF बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागू औषधको कारोबार र प्रयोगलाई नियन्त्रण गर्न प्रहरीको सक्रियता बढेको देखिन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार