श्रावण ६, २०८२ मंगलबार July 22, 2025

दोबामा ‘एक घर, एक धारा’बाट चार सय घरपरिवार लाभान्वित

शाखा पाइपलाइन खन्न श्रमदान गरेका उपभोक्ताले घरघरमा निजी धारा आफ्नै लगानीमा बनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५/७६ देखि शुरु भएको योजना सात वर्षमा सम्पन्न भएको हो ।

करिब रु. पाँच करोड लगानीमा चार वटा योजनामा निर्माण भएको योजनाबाट चार सय २२ घरपरिवार लाभान्वित भएका कार्यालयका प्रमुख सिनियर डिभिजनल प्रमुख झलकमोहन ओझाले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षमा विनियोजन भएको रु. २० लाख बाहेक गत आर्थिक वर्षसम्म उक्त योजना निर्माणमा रु. चार लाख ६७ लाख ९६ हजार खर्च भएको छ । पर्याप्त बजेट विनियोजन नहुँदा योजना निर्माण गर्न सात वर्ष लागेको हो ।

गरेकखोला, चिसेपानी, गरिलाखोर र ओरालखर्कको मुहानको पानीलाई फरक फरक ठाउँमा निर्माण भएका रिजर्भ टंकीमा संकलन गरेर पाइपलाइन मार्फत घरघरमा लगेर वितरण गरिएको दोवा खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर गर्बुजाले बताए ।

मुहान, टयांकी र मुख्य पाइपलाइनको भौतिक संरचना निर्माणमा सघाएको कार्यालयले मुख्य पाइपलाई निर्माण गरेको हो । शाखा पाइपलाइन खन्न श्रमदान गरेका उपभोक्ताले घरघरमा निजी धारा आफ्नै लगानीमा बनाएका हुन् ।

योजनालाई व्यवस्थित र दीर्घकालिन रूपमा सञ्चालन गर्न प्रत्येक धारामा मिटर जडान गरेर न्यूनतम शुल्क निर्धारण गरिएको उपभोक्ता समितिका पूर्व अध्यक्ष डमबहादुर पूर्जाले बताए ।

अन्नपूर्ण–१ का वडा अध्यक्ष दिलीप गर्बुजाका अनुसार औल र मारका टोलका बासिन्दा र गाईबस्तुले प्रयोग गर्ने खानेपानीको मुहान यसअघि एउटै थियो । आयोजना निर्माण भएपछि शुद्ध खानेपानी उपभोग गर्न पाएका उनले बताए ।

स्थानीयवासी तालदेवी पुनले घरकै धारामा पानी आपूर्ति भएपछि समयको बचत भएको र झञ्जट हटेको बताइन्। “पानी लिनका लागि मुहानमा जान, आउन लाग्ने समय र झञ्जट हटेको छ,” उनले भनिन्, “शुद्ध र सफा पानी भएपछि दुषित पानीका कारण हुने स्वास्थ्य समस्यामा पनि कमी आएको छ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार