श्रावण ६, २०८२ मंगलबार July 22, 2025

लायन्स अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्सीका लागि राजन लम्सालको मनोनयन दर्ता

राजन लम्सालको अन्तर्राष्ट्रिय निर्देशक पदका लागि औपचारिक उम्मेदवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ नेपालका पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा लायन्स अन्तर्राष्ट्रिय फाउण्डेशनका एरिया लिडर राजन लम्सालले लायन्स अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्सीका लागि आफ्नो मनोनयन दर्ता गरेका छन्।

लम्सालले आगामी जेठ २४ गते काठमाडौँको प्रज्ञा भवन, कमलादीमा हुने तेस्रो मल्टिपल कन्भेन्सनमा उम्मेदवारी प्रस्तुत गरेका हुन् । बुधबार काठमाडौँको होटल बेस्ट वेस्टर्न प्लसमा आयोजित कार्यक्रममा उनले तेस्रो मल्टिपल कन्भेन्सन मनोनयन समितिका चेयरपर्सन पूर्व डिष्ट्रिक्ट गर्भनर नवराज न्यौपानेलाई आफ्नो मनोनयन पत्र हस्तान्तरण गरेका थिए।

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालबाट अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा इन्डोर्सी भएमा सन् २०२६ मा हुने लायन्स अन्तर्राष्ट्रिय सम्मेलनमा दुई वर्षको कार्यकालका लागि उनको चयन हुनेछ। सन् १९९७ देखि लायन्स क्लब अफ सङ्खुवासभा खाँदबारीमार्फत सामाजिक सेवामा सक्रिय लम्सालले २०१०-११ मा डिष्ट्रिक्ट गभर्नर भएर ६५ वटा नयाँ क्लब स्थापनाको ऐतिहासिक कीर्तिमान राखेका थिए।

May be an image of 14 people, dais and textगभर्नरका हैसियतमा उनले काठमाडौँदेखि महेन्द्रनगर, नेपालगञ्ज, र वीरगञ्जसम्म लायन्स कार्यक्रम विस्तार गरेका थिए भने विकेन्द्रीकृत सेवा प्रवाहका लागि भवन निर्माणसमेत सम्पन्न गरेका थिए। लम्सालले विभिन्न प्रशासनिक भूमिका-जस्तै जीएलटी, जीएमटी को-अर्डिनेटर, मल्टिपल काउन्सिल चेयरपर्सन र एलसीआईएफ एरिया लिडरका रूपमा समेत सफल नेतृत्व प्रस्तुत गर्दै आएका छन्।

मनोनयन दर्ता कार्यक्रमपश्चात बोल्दै उनले भने, “नेपालमा लायनिजमको विकास र विस्तारमा मेरो सक्रियता निरन्तर छ।” अन्तर्राष्ट्रिय डाइरेक्टर बन्ने आफ्नो लक्ष्यले नेपाललाई विश्वभर चिनाउने अभियानमा थप ऊर्जा मिल्ने विश्वास उनले व्यक्त गरे।

May be an image of 15 people, dais, newsroom and text“तपाईंहरू सबैको प्रेरणा, उत्साह र निरन्तर साथले आज यो मनोनयनको औपचारिकता सम्भव भएको हो,” उनले थपे, “लायन्स अन्तर्राष्ट्रिय मल्टिपल कन्भेन्सनमा तपाईंहरूको अमूल्य मत र समर्थनले मलाई सफल बनाउनेछ भन्ने पूर्ण विश्वास लिएको छु।”

राजन लम्सालको उम्मेदवारी केवल व्यक्तिगत आकांक्षा होइन, यो नेपाली लायन्स आन्दोलनको २७ वर्षे योगदानको मान्यता हो। उनले देखाएको नेतृत्व, कार्यशैली र उद्देश्यले लायन्स अन्तर्राष्ट्रिय संस्था भित्र नेपालको नाम उच्च बनाउने सम्भावना बलियो बनाएको छ।

यदि लम्साल अन्तर्राष्ट्रिय निर्देशक बन्न सफल भए, नेपालबाट विश्वव्यापी सामाजिक सेवाको नेतृत्वमा एक सशक्त, अनुभवी र दूरदर्शी व्यक्तित्वको सहभागिता हुनेछ। नेपाली लायनिजमको अन्तर्राष्ट्रिय यात्रामा यो निर्णायक मोड सावित हुनसक्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार