श्रावण ६, २०८२ मंगलबार July 22, 2025

पहिरोको जोखिममा भुलचौरा दलित बस्ती

साविकको सुनसेरा गाउँ विकास समितिअन्तर्गतको एउटा पूरै बस्ती पहिरोको जोखिममा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दार्चुला, २६ वैशाख । व्यास गाउँपालिका–४ स्थित भुलचौरा दलित समुदायको बस्ती लगातार पहिरोको जेखिममा छ । दशकौँदेखि पहिरो जाने क्रम नरोकिएका कारण बस्ती पहिरोको उच्चजोखिममा परेको हो ।

यो क्षेत्रमा २०२२/२३ सालदेखि पहिरो खस्न थालेको हो । विसं २०२८ र २०५१/५२ मा आएको पहिरोका कारण यस क्षेत्रको एउटा बस्ती पूरै विस्थापित भएको छ । महाकाली किनारदेखि पहिरो जान थालेकामा अहिले भुलचौरा बस्ती नजिकै पहिरो पुगेको छ । भिरालो पाखो जमिन रहेको यो ठाउँमा चिप्लो खरी माटो भएकै कारण निरन्तर पहिरो गइरहेको स्थानीयको भनाइ छ ।

भुलचौराभन्दा तल्लो क्षेत्रमा मडगाउँका दलित तथा गैरदलित झन्डै ४२ परिवार २०५१/५२ मा पहिरोबाट विस्थापित भएका छन् । मडगाउँ पूरै पहिरोले कटान गरेको व्यास गाउँपालिका–४ का स्थानीय हरकसिँह विष्ट बताउँछन् । यो क्षेत्रमा निरन्तर पहिरो जाने गर्दछ । यहाँको भौगोलिक बनोटका कारण पनि पहिरो रोकिने अवस्था छैन ।

साविकको सुनसेरा गाउँ विकास समितिअन्तर्गतको एउटा पूरै बस्ती पहिरोको जोखिममा छ । लामो समयदेखि बस्ती स्थानान्तरण नहुँदा यहाँका स्थानीयलाई हिउँद बर्खाको समयमा ज्यान जोगाउनसमेत कठिन हुने गरेको छ ।

विसं २०७४ मा स्थानीय सरकारमार्फत मडगाउँ, किम्पानी र बिन्नाला बस्तीका ३२ परिवारका लागि घर निर्माण गरिएको भए पनि दलित बस्तीका लागि अहिलेसम्म घर पुनस्र्थापना गरिएको छैन । बस्ती पुनर्निर्माण र पुनस्र्थापनातर्फ तीन तहको सरकारले समयमै ध्यान दिनुपर्नेमा उनको जोड छ ।

महाकाली नदीको किनारबाट सुरु भएको पहिरो हाल दलित बस्ती नजिकसम्म आइपुगेको स्थानीय देवराम कामी बताउँछन् । “बस्तीभन्दा २० मिटर तलसम्म पहिरो पुगिसक्यो । यो बर्खासम्म गाउँसम्मै पहिरो पुग्ने खतरा छ”, उनले भने । उनका अनुसार खेतीयोग्य जमिनको आधाभन्दा बढी भाग कटान भइसकेको छ भने बाँकी जमिन पनि जोखिममा छ । वर्षातको समयमा स्थानीयवासी पहिरोका डरले रातभर सुत्न सक्दैनन् ।

व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिँह कुँवर बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताउँछन् । हाल बस्तीभन्दा माथिल्लो क्षेत्रमा रहेको ठूलो खोलामा तटबन्धको काम भइरहेको उनले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार