श्रावण ४, २०८२ आइतबार July 20, 2025

लायन्स निर्देशक पदका उम्मेदवार राजन लम्सालको प्रचार नेपालगन्जबाट सुरु

६५ क्लब स्थापना गरेका विश्व कीर्तिमानी लम्सालका पक्षमा ४ पूर्वगभर्नरले मागे भोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगन्ज,  ५ जेठ । लायन्स अन्तर्राष्ट्रियको निर्देशक पदका उम्मेदवार राजन लम्सालले औपचारिक प्रचार अभियानको सुरुवात बाँकेको नेपालगन्जबाट गरेका छन्।

काठमाडौंमा उम्मेदवारी घोषणा गरेका लम्सालले सोमबार लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन अन्तर्गत एरिया नम्बर ४ का लायन्स सदस्यहरूसँगको भेटघाटमार्फत आफ्नो प्रचार सुरु गरेका हुन्।

लायन्स वर्ष २०१०–२०११ का गभर्नर रहेका लम्सालले त्यतिबेला ६५ वटा नयाँ क्लब स्थापना गरेर विश्व रेकर्ड बनाएका थिए। सोही योगदानको स्मरण गर्दै उपस्थित अग्रज लायन्सकर्मीहरूले लम्सालप्रति समर्थन जनाउँदै सदस्यहरूलाई एकतावद्ध भएर मतदान गर्न आह्वान गरेका थिए।

कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ एनका नवनिर्वाचित गभर्नर ज्ञानेन्द्र श्रेष्ठ, पूर्वगभर्नर मुकुट ढकाल, डिष्ट्रिक ३२५ बी २ का पूर्वगभर्नर शेमराज शाक्य र मधुसूधन शर्माले लम्साललाई निर्वाचित गराउन भोट मागे ।

उनीहरूले लम्सालको दीर्घ अनुभव, नेतृत्व क्षमता र संगठनप्रतिको समर्पणलाई उदाहरणीय भन्दै प्रचार अभियानमा समेत सक्रिय समर्थन जनाएका छन्।

स्मरण रहोस्  लायन्स अन्तर्राष्ट्रियको निर्देशक पदको निर्वाचन यही जेठ २४ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा हुने तय भएको छ । त्यसअघि देशका विभिन्न क्षेत्रमा लम्सालले भेला, छलफल र भेटघाटमार्फत आफ्नो उम्मेदवारीलाई सशक्त बनाउँदै लैजाने योजना सार्वजनिक गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार