श्रावण ४, २०८२ आइतबार July 20, 2025

जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

जिल्लामै सबैभन्दा बढी बसाइँसराइ हुने पालिकाका रुपमा जैमिनीलाई लिइन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ढोरपाटन । बढ्दो बसाइँसराइका कारण बागलुङको जैमिनी नगरपालिकाका ग्रामीण बस्ती सुनसान बन्दै गएका छन् । धमाधम स्थानीयले गाउँ छाड्न थालेपछि खेतीयोग्य जमिन बाझिँदै गएका छन्भने घर जीर्ण बन्दै गएका छन् । सेवासुविधाको खोजीमा गाउँबाट शहर बजार झर्ने प्रचलन बढेको हो । जिल्लामै सबैभन्दा बढी बसाइँसराइ हुने पालिकाका रुपमा जैमिनीलाई लिइन्छ ।

जैमिनीबाट पछिल्लो दुई वर्षमा ४८२ घरपरिवारका एक हजार ७०९ जनाले गाउँ छाडेका छन् । विसं २०८० मा २६३ घरपरिवारका ९४७ जनाले बसाइँसराइ गरेका छन्भने विसं २०८१ मा २१९ घर परिवारबाट ७६२ जनाले गाउँ छाडेका छन् । दुई वर्षको अवधिमा २६ घरपरिवारका ८६ जना बाहिरबाट जैमिनी आएको नगरपालिकाले जनाएको छ । विक्रम संवत् २०८० वर्ष नौ परिवारका ४२ जना आए र विसं २०८१ मा १७ परिवारका ४४ जना जैमिनी आएका छन् ।

नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख ताराप्रसाद पौडेलका अनुसार सबैभन्दा बढी वडा नम्बर ८ र कम वडा नम्बर ६ बाट बसाइँसराइ भएको छ । वडा नम्बर ८ बाट दुई वर्षको अवधिमा १०७ घर परिवारबाट ४०३ जनाले बसाइ सरेको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर १ बाट ४२ घरका १५७, वडा नम्बर २ बाट ७७ घरका २५८, वडा नम्बर ३ बाट ३४ घरका १०० र वडा नम्बर ४ बाट ५२ घरका १९१ जनाले बसाइँसराइ गरेका छन् ।

यस्तै वडा नम्बर ५ बाट २४ घरका ८३, वडा नम्बर ६ बाट १४ घरका ५५, वडा नम्बर ७ बाट ५४ घरका १८६, वडा नम्बर ९ बाट ३९ घरका १२९ र वडा नम्बर १० बाट ३९ घरका १४७ जनाले बसाइँसराइ गरेको पौडेलले बताउनुभयो । जैमिनीबाट बसाइँसराइ गरेर अधिकांश चितवन, नवलपरासी र बुटवलमा गएको उहाँको भनाइ छ ।

नगर उपप्रमुख हरिहर शर्माले बसाइँसराइ रोक्नका लागि स्थानीयलाई गाउँमै उद्यमी बनाउने र आत्मनिरर्भर बनाउने खालका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । बस्तीबस्तीसम्म सडक, खानेपानी, विद्युत्, स्वास्थ्य, शिक्षा क्षेत्रको विकास गरेको उहाँको भनाइ छ । गाउँमा ठूलो सम्भावना हुँदा हुँदै पनि धेरैले सहर बजार रोज्ने गरेको शर्मा बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “मानिसका चाहना असीमित हुन्छन्, स्थानीय सरकारले गर्नसक्ने विकास गरिरहेका छौँ, पर्याप्त नहोला तर गाउँमा पहिलेको जस्तो विकास नपुगेको भन्ने छैन, जताततै अहिले गाडी गुड्छन्, खानेपानीको सुविधा छ, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि ठूलो लगानी गरेका छौँ, हुने खानेहरु धेरैले सहर बजार रोज्न थाले, तर गाउँमा भएकालाई गुणस्तरीय सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौँ, नागरिकलाई उद्यमी बनाने र आय आर्जनसँग जोड्ने खालका कार्यक्रम पनि चलाइरहेका छौँ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार