चैत्र २८, २०८२ शनिबार April 11, 2026

पर्सामा ८१ हजारभन्दा बढी ट्याब्लेट लागुऔषध बरामद

बरामद भएको लागुऔषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखेरअनुसन्धान गर्दै प्रहरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज (पर्सा)। सशस्त्र प्रहरी बल पर्साद्वारा ८१ हजार ४९० थान ‘ट्याब्लेट’ ‘ट्रामाडोल हाइडोक्लोराइड’ लागुऔषध बरामद गरेको छ।

आज वीरगञ्ज महानगर–२ स्थित भगुवा नाका नजिकै भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा परिमाणको लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले जानकारी दिए।

भारतबाट अवैध रूपमा लागुऔषध लिएर आउँदै गरेका दुई व्यक्ति सशस्त्र प्रहरी देख्ने वित्तिकै लागुऔषध छाडेर भारततर्फ भागेका उनले जानकारी दिए। बरामद भएको लागुऔषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया