श्रावण ४, २०८२ आइतबार July 20, 2025

पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

गएराति ११ बजेतिर भत्किएको सडक अहिलेसम्म मर्मत नहुँदा यात्रुको बिचल्ली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : पूर्वपश्चिम राजमार्गको नवलपरासी दाउन्ने खण्ड अवरुद्ध भएको छ । गएराति परेको पानीले दाउन्ने सडक खण्डको खुर्सानी खोला नजिक सडक भत्किएको छ ।

बर्दघाट नगरपालिका–४ अन्तर्गत पर्ने खुर्सानी खोलामा गएराति ११ बजेतिर भत्किएको सडक अहिलेसम्म मर्मत नहुँदा गाडी रोकिएका छन् ।

बिहान ८ बजेपछि सडकको मर्मत कार्य थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका प्रहरी जवान मोहन शाहीले उज्यालोलाई जानकारी दिनुभयो ।

दाउन्ने खण्ड केही दिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य हुँदै आएको छ । यो सडकमा यात्रा सहज छैन ।

पश्चिमबाट पूर्व जाने गाडी बर्दघाट र पूर्वबाट पश्चिमका लागि छुटेका गाडी दुम्किबास ज्यामिरेमा रोकिएका छन् । सडक अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार