असार १, २०८२ आइतबार June 15, 2025

एकीकृत समाजवादी र जनसेवा नेपाल मोर्चाबीच एकिकरण

सविन पुलामीको नेतृत्वको मोर्चा एकीकृत समाजवादीमा समाहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एकीकृत समाजवादी) र जनसेवा नेपाल मोर्चाबीच एकता भएको छ।

आइतबार (आज) एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा यी दुई पार्टीबीच एकता भएको हो।

मोर्चाबाट पार्टीमा समाहित नेताहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष जगन्नाथ खतिवडा, उपमहासचिव रामकुमार भट्टराई, सचिव मेटमणि चौधरीलगायले स्वागत गरेका छन्।

सविन पुलामीको नेतृत्वमा उक्त मोर्चा एकीतृ समाजवादीमा समाहित बनेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया