श्रावण ४, २०८२ आइतबार July 20, 2025

लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको क्लब अफिसर्स स्कुलिङ्ग काठमाण्डौंमा शुरु हुँदै

‘IDEAL LEADERSHIP’ थिमका साथ लायन वर्ष २०२५/२६ को तयारी तीव्र, ३५० भन्दा बढी क्लब अफिसर्सको सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १५ जेठ । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालले आज काठमाण्डौंमा बागमती क्षेत्रका क्लब अफिसर्सहरुको प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । लायन वर्ष २०२५/२६ का लागि क्लब पदाधिकारीहरूको नेतृत्व अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुने कार्यक्रमले नेतृत्व, सेवा भावना, कर्तव्यबोध र संस्थागत सुदृढीकरणमा नयाँ ऊर्जा भरिदिने अपेक्षा गरिएको छ।

इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन दुर्गा प्रसाद हुमागाँइका अनुसार, काठमाडौंको गोंगबुस्थित बिजी बैंकेटमा हुने प्रशिक्षण कार्यक्रममा बागमती क्षेत्रअन्तर्गतका ७७ भन्दा बढी लायन्स क्लबहरूबाट करिब ३०० भन्दा बढी क्लब अफिसर्सहरूको सहभागी रहनेछ । सहभागीलाई उनीहरूको पदीय जिम्मेवारी, कार्यशैली, नेतृत्व गुण र सामूहिक लक्ष्यप्रति प्रतिबद्धता बारेमा व्यावसायिक ढंगले प्रशिक्षण दिइनेछ। आगामी लायन वर्षका लागि “IDEAL LEADERSHIP” भन्ने थिम राखिएको छ, जसअनुसार नेतृत्व विकाससँगै व्यक्तित्व निर्माण, सेवा प्रवर्धन, र लायन्स ब्रान्डको सशक्त प्रस्तुति गरिने बताइएको छ।

कार्यक्रममा इन्टरनेसनल डाइरेक्टर लायन बालकृष्ण बुर्लाकोटी, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू बिश्वेश्वर आचार्य, राजेन्द्र बाटाजु, सुचित्रा थापा, निरा बज्राचार्य, पिएमसीसी दीपक श्रेष्ठजस्ता अनुभवी लायन नेताहरूको सहभागिता रहनेछ। मुख्यतया आजको कार्यक्रमलाई चार वटा छुट्टाछुट्टै शत्रमा सञ्चालन गरिने छ ।

क्लब अध्यक्षहरुलाई इलेक्ट गभर्नर  दुर्गा हुमागाँईले प्रशिक्षण दिनुहुनेछ । प्रथम उपाध्यक्षहरुलाई इलेक्ट फस्ट भाईस गभर्नर रमेश अधिकारी र इलेक्ट सेकेण्ड भाईस गभर्नर बिष्णुहरी फुँयालले प्रशिक्षण दिनुहुनेछ । त्यसैगरी क्लब सचिवहरुलाई  क्याविनेट सेक्रेटरी ट्रिजा ढकाल (मनोनित) र  क्याविनेट सेक्रेटरी महाप्रसाद पाण्डेले र कोषाध्यक्षहरुलाई क्याबिनेट ट्रेजरहरुले  प्रशिक्षण दिने डिस्ट्रिक्टको योजना छ ।

इलेक्ट फस्ट भाईस गभर्नर रमेश अधिकारीले लायन्सको मूल मन्त्र “जहाँ आवश्यकता, त्यहाँ लायन्स”लाई आत्मसात गर्दै क्लबहरूलाई अझ सशक्त, सेवा–मुखी र संस्थागत साझेदारीमैत्री बनाउने लक्ष्यसहित प्रशिक्षण सञ्चालन गर्न लागिएको स्पष्ट पारेका छन् । विशेषगरी सेवा, नेतृत्व र मित्रता प्रवर्धन गर्दै स्थायी क्लब निर्माण, नयाँ सदस्य आमन्त्रण, तथा विभिन्न संघ–संस्था र कर्पोरेट हाउसहरूसँग सहकार्य गरेर लायन्स गतिविधिलाई व्यापक बनाउने योजनालाई प्रशिक्षणमा प्राथमिकता दिइनेछ।

डिष्ट्रिक्ट ३२५ के नेपालले पोखरामा हालै सम्पन्न क्याबिनेट अफिसर्सको स्कुलिङ तथा गण्डकी–धौलागिरी क्षेत्रका क्लब अफिसर्सहरूको प्रशिक्षण कार्यक्रमबाट सकारात्मक प्रतिक्रिया पाएको उल्लेख गर्दै काठमाडौंमा हुन लागेको कार्यक्रमलाई अझ प्रभावकारी, सहभागीमुखी र ऐतिहासिक बनाउने तयारीमा जुटेको जनाएको छ। लायन वर्ष २०२५/२६ लाई एक स्मरणीय, प्रभावशाली र परिणाममुखी वर्षको रूपमा अघि बढाउन यो प्रशिक्षण कार्यक्रम एक महत्वपूर्ण मोड बन्ने अपेक्षा गरिएको छ।

यस्तो छ कार्यक्रम तालिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार
यस्तो निर्माण भयो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
२०८२ श्रावण ४, आइतबार
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
२०८२ श्रावण ४, आइतबार