श्रावण ४, २०८२ आइतबार July 20, 2025

दाउन्ने सडक खण्ड एकतर्फी सञ्चालनमा

ट्राफिक व्यवस्थापन भएपछि थप मर्मतका काम निर्माण कम्पनीले जारी राख्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुपन्देही । रातीदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भासिएपछि सडक अवरुद्ध बनेको थियो ।

बिहान करिब ६ बजेबाट भस्किएको सडक मर्मतको काम सुरु भएको थियो । तत्कालका लागि एकतर्फी बाटो सञ्चालन गरी सवारीलाई गन्तव्यतर्फ पठाउने र ट्राफिक व्यवस्थापन भएपछि थप मर्मतका काम निर्माण कम्पनीले जारी राख्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका ट्राफिक प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए ।

भासिएको सडक छेउमै विद्युत् पोल रहेकोले सडक मर्मतमा कठिनाइ भइरहेको र विद्युत् प्राधिकरण सँगको समन्वयमा सडक मर्मतको काम भइरहेको भण्डारीले जानकारी दिए ।

दाउन्ने सडक खण्डको अहिले भस्किएको करिब ५० मिटर पूर्वमा पनि गत शुक्रबारको वर्षाको कारण करिब ११ घण्टा सडक अवरुद्ध भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार
यस्तो निर्माण भयो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
२०८२ श्रावण ४, आइतबार
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
२०८२ श्रावण ४, आइतबार