श्रावण ४, २०८२ आइतबार July 20, 2025

बेलबारीका चार बालिका चार दिनदेखि बेपत्ता

बेपत्ता बालिकाहरूको खोजीकार्य जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेलबारी (मोरङ), १८ जेठ ः मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् ।

उनीहरु साथी भेट्न जाने भन्दै यही जेठ १५ गते गणतन्त्र दिवसका दिन घरबाट निस्किएका जनाइएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले बेपत्ता बालिकाहरूको खोजी जारी रहेको जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया