श्रावण ४, २०८२ आइतबार July 20, 2025

महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई निमित्तको जिम्मेवारी

कामपाको विपद् व्यवस्थापन विभागमा कार्यरत विष्णु जोशीलाई नगर प्रहरीको निमित्त प्रमुख तोकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा पर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उहाँलाई निलम्बन गरेका छन ।

पाण्डे निलम्बनमा परेसँगै कामपाको विपद् व्यवस्थापन विभागमा कार्यरत विष्णु जोशीलाई नगर प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।

यसअघि गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्‍याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । जोशीले आफूलाई अर्को निर्णय नहुँदासम्म प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया