श्रावण ३, २०८२ शनिबार July 19, 2025

रौतहटमा श्रृङ्खलाबद्ध तीनजना नवविवाहिताको हत्याको दाबी

दाईजो लगायत बिभिन्न कारणले मधेश प्रदेशमा नवविवाहिता महिलाको हत्याको घटनामा वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सञ्जय मिश्रा /रौतहट, २२ जेठ। पछिल्लो समय रौतहटमा शृङ्खलाबद्ध नवविवाहिता महिलाको हत्या सुरु भएको छ। मात्र एक महिनाको अवधिमा रौतहटमा तीनजना नवविवाहिता महिलाको हत्या भएको दाबी गरिएको छ।

कटहरिया नगरपालिका १ भासेढवा गाउँमा एकजना नवविवाहिता महिलाको संकास्पद हत्या भएको छ। मृतक महिलाको श्रीमान र सासु फरार भएका छन भने ससुरा लाई प्रहरीले पक्राउ गरेको छ। मात्र १ महिनाको अवधिमा यो तेस्रो नवविवाहिताको शंकास्पद हत्या हो। यसअघी एक नवविवाहिताको मृत्यु प्रकरणमा उनको श्रीमान माथी प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेको थियो। तर अर्को घटना अनुसन्धानकै क्रममा रहेको छ।

मंगलवार बेलुकी ८ बजे कटहरिया नगरपालिका १ भसेढवा बस्ने अनकेश यादवको श्रीमती बर्ष २२ कि अल्का यादव आफनै घरको सुत्ने कोठाको बेडमा मृत अवस्थामा फेला परेकी थिइन्।

घटनाको खबर लगत्तै ईलाका प्रहरी कार्यालय कटहरिया र गरुडाको संयुक्त टोली घटनास्थलमा पुग्दा उक्त महिला उतानो परी मृत अवस्थामा रहेको,निज मृतकले उल्टि गरेको, घटना सन्कास्पद रहेको डिएसपी राजन कार्कीले न्युज कारखानालाई बताए । प्रहरी टोली घटनास्थल पुगेपछी मृतकका श्रीमान अनकेश यादव र सासु बर्ष ४६ की शान्ति देवी फरार रहेको कारण मृतकको ससुरा बर्ष ५१ को रामपुकार प्रसाद यादव लाई नियन्त्रणमा लिएको डिएसपी कार्कीले जानकारी दिएका छन्।  मृतकको शव  पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लगिएको प्रहरीले जनाएको छ।

मंगलनार बेलुकी अल्काको श्रीमान, सासु, ससुरा मिलेर  कुटपिट गरी घाँटी थिचेर हत्या गरिर आत्महत्या देखाउन खोजेको माईती पक्षको दाबी रहेको छ। डिएसपी कार्कीका अनुसार अल्का यादवको मृत्युको घटना सम्बन्धमा गम्भीर रुपमा अनुसन्धान भईरहेको छ,। उसको ससुरा सँग घटनाबारे सोधबुझ जारी रहेको छ। पोष्टमार्टम रिपोर्ट संगै अनुसन्धान पूरा भएपछी घटनाबारे एकिनका साथ भन्नसक्ने डिएसपी कार्कीले जानकारी दिएका छन्। साथै फरार रहेका मृतकका श्रीमान र सासुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

दुईसाता अघि मात्र श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै कटहरिया ३ बडेरवा घर भई हाल कटहरिया बजारमा बस्ने अहमद राय भाटको छोरा बर्ष २५ का अरमान राय भाट माथी ईलाका प्रहरी कार्यालय गरुडामा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेको थियो। उनी हालसम्म फरार रहेका छन्।

त्यस्तै गत १६ गते दुर्गा भगवती गाँउपालिका छेउ खोला किनार झाडीमा अनेक श्रृंगार बाट सजिएकी सुन चाँदीको गहना लगाएकी एक २४ बर्षिया नवविवाहिताको शव फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटले घटना शंकास्पद भएको भन्दै अनुसन्धान सुरु भएको छ। तर हालसम्म घटनाको कारण तथा मृतक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

दाईजो लगायत बिभिन्न कारणले मधेश प्रदेशमा नवविवाहिता महिलाको हत्याको घटनामा वृद्धि भएको छ। घटना पछी राजनीतिक संरक्षण र आर्थिक चलखेलको कारण अपराधी कार्वाही बाट उम्किने गरेको कारण यस्ता जघन्य घटनाहरू दिनानुदिन बढ्दै गएको स्थानीयहरूले बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार