श्रावण ४, २०८२ आइतबार July 20, 2025

पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह

जेठ २२ गतेदेखि जेठ २८ गतेसम्म ट्राफिक जनचेतनामूलुक कार्यक्रम गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगन्ज (पर्सा), जेठ २२  गते ।  पर्सामा सवारी दुर्घटना न्यूनीकरणका गर्नका लागि ट्राफिक जनचेतना सप्ताह कार्यक्रम शुभारम्भ गरिएको छ । सवारी दुर्घटनामा न्यूनीकरण गरेर यात्रु र सवारी चालकलाई मर्यादित गराउनका लागि ट्राफिक जनचेतना सप्ताह शुभारम्भ गरिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विभिन्न रोगव्याधीले मृत्यु हुनेको सङ्ख्या भन्दा पनि सवारी दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या उच्च भएकाले पनि ट्राफिक सचेतनामूलुक कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो ।

‘‘सवारी दुर्घटनालाई दुर्घटनाको पनि महारोग भन्ने चलन रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘ट्राफिक नियम पालना गरेर सभ्य नागरिकको पहिचान गराउन जरुरी भइसकेको छ ।’’ पर्साका प्रहरी प्रमुख गौतम मिश्रले सवारी चालक तथा यात्रुले राम्रोसँग ट्राफिक नियम पालना गर्ने हो भने सवारी दुर्घटनाबाट ज्यान जोगाउन सकिने बताउनुभयो ।

‘‘ट्राफिक जनचेतना सप्ताहमूलुक कार्यक्रममा ट्राफिक नियमको पालना आफ्नै लागि हो भन्ने भावनाको विकास गर्न जरुरी रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘सबैले नियम पालना गरेर सभ्य नागरिकको पहिचान गराउन जरुरी भइसकेको छ ।’’

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जेठ २२ गतेदेखि जेठ २८ गतेसम्म ट्राफिक जनचेतनामूलुक कार्यक्रम गर्ने तयारी गरेको छ । जसअन्तरगत विभिन्न विद्यालयका विद्यार्थी माझ अन्तर्क्रिया, सडकमा  सडक सुरक्षा कार्यक्रम लगायतका गतिविधि गर्ने छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टले सप्ताहव्यापी कार्यक्रम गरेर सवारी दुर्घटना न्यूनीकरणका अभियान सञ्चालन गर्ने बताउनुभयो । ‘‘कार्यालयले नियमित रूपमा नै ट्राफिक जनचेतनामूलुक कार्यक्रम गर्दै आइरहेको छ,’’

उहाँले भन्नुभयो,‘‘अहिले विशेष कार्यक्रमको रूपमा ट्राफिक जनचेतना अभियान सुरुवात गरेका छौँ ।’’ पर्सा जिल्लामा चालु आर्थिक वर्षको १० महिनामा सवारी दुर्घटनामा परेर ३४ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्षभरिमा भने सवारी दुर्घटनामा परेर ५१ जनाले ज्यान गुमाएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले कार्यालयले अभियान अन्तरगत विभिन्न सरोकारवाला निकायसँग अन्तर्क्रिया र छलफल गरेर जनचेतनालाई अभिवृद्धि गर्ने जानकारी दिनुभयो । सो कार्यक्रममा पर्साका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी, नागरिक समाज लगायतका दुई हजारभन्दा धेरैको उपस्थिति रहेको थियो ।

ट्राफिक जनचेतना अभियान वीरगन्ज को घण्टाघर, आर्दशनगर, अलखिया मठ हुदैँ फेरि वीरगन्ज घण्टाघरमा आएर जनचेतना  अभियान सम्पन्न भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार