श्रावण ३, २०८२ शनिबार July 19, 2025

वातावरण संरक्षण गर्ने जिम्मेवारी सबैकाे साझा दायित्व : उपप्रधानमन्त्री सिंह

वातावरण संरक्षणमा सबैकाे भूमिका महत्वपूर्ण हुने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले वातावरण संरक्षण गर्ने जिम्मेवारी सबैकाे साझा दायित्व भएकाे बताएका छन्।

काठमाडौं उपत्यका विकास प्राधिकरणले शुक्रबार गाेकर्णेश्वर ५, बागमती करिडाेरमा आयाेजना गरेकाे वृक्षरोपण कार्यक्रममा बाेल्दै उनले वातावरण संरक्षणमा सबैकाे भूमिका महत्वपूर्ण हुने बताए।

बागमतीलाई सफा र स्वच्छ बगाउन आफूले मन्त्रालय सम्हालेकाे दिनबाटै चासाे दिएकाे भन्दै उनले बाग्मतीसहित उपत्यकाका विष्णुमति, धाेविखाेला लगायतका सबै नदीलाई ढलमुक्त बनाउने गरि काम भइरहेकाे बताए।

`नीतिगत रूपमा गर्नुपर्ने काम सरकााले गर्छ। तर, वृक्षराेपण गरेपछी रूख जाेगाउने काम अरूले गरिहाल्छन् नि भनेर हुँदैन। रूख जाेगाउन र नदीमा जथाभावी फाेहाेर मिसाउन नदिन स्थानीय समुदायले चासाे राख्नुपर्छ,´ उनले भने।

अहिलेकाे बजेटले पनि उपत्यका नदि स्वच्छ बनाउन र करिडाेर सडक स्तराेन्नती गर्न बजेटमा प्राथमिकता दिएकाे जानकारी दिए। शहरी विकास मन्त्रालयले बागमतीसहित उपत्यकाका नदी स्वच्छ बनाउन ३ अर्ब ४२ कराेड विनियाेजन गरेकाे छ।

कार्यक्रममा ४० कराेड भन्दा बढी याेजना गाेकर्णेश्वर नगरपालिकामा शहरी विकास मन्त्रालयमार्फत विनियोजन भएकाे भन्दै नगर प्रमुख दीपक रिसालले उपप्रधानमन्त्री सिंहलाई धन्यवाद दिए। कार्यक्रममा सांसद सन्ताेष चालिसेले पनि यसपटककाे बजेटले उपथ्यकाका महत्वपूर्ण याेजनालाई प्राथमिकतामा राखेकाे भन्दै उपप्रधानमन्त्री सिंहकाे प्रशंसा गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया