श्रावण ३, २०८२ शनिबार July 19, 2025

फरार कसुरदारहरु पक्राउ

विभिन्न मितिमा मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका आठ जनालाई एकै दिन पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वालिङ (स्याङ्जा), २३ जेठः जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दाका फरार कसुरदारलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार एकै दिन विभिन्न मुद्दाका आठ कसुरदारलाई पक्राउ गरेको हो ।

जिल्ला अदालतबाट विभिन्न मितिमा मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका आठ जनालाई एकै दिन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । पक्राउ परेका आठ जनामध्ये बैङ्किङ कसुरका चार, चेक अनादर तीन र कुटपिट एकजना रहेका छन् ।

पक्राउ परेका आठजना कसुरदारको २४ दिन कैद भुक्तान बाँकी रहेको छभने रु एक करोड ६१ लाख आठ हजार ४४२ जरिवाना असुल गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । बैङ्किङ कसुरमा पक्राउ पर्नेमा भीमबहादुर विश्वकर्माको २३ दिन कैद भुक्तान र रु ८० लाख जरिवाना रहेको छ ।

त्यसैगरी बैङ्किङ कसुरमै कमला केसीको रु ७९ लाख ८८ हजार, बैङ्किङ कसुरमै बत्ती विकको रु एक लाख र एक दिन कैद भुक्तान, बैङ्किङ कसुरमै शिवलाल लम्सालको रु १६ हजार ७५०, चेक अनादरमा झवनाथ भण्डारीको रु दुई हजार, चेक अनादरमै अमराज गुरुङको रु एक हजार, चेक अनादरमै गङ्गामाया गुरुङसेनीको रु ५८२ असुली गर्न बाँकी रहेको छ ।

त्यसैगरी कुटपिटमा ढालबहादुर सुनारको रु ११० असुली हुन बाँकी रहेको सूचना अधिकारी चौधरीले बताउनुभयो । जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने कार्यका लागि जिल्लाबाट प्रहरी खटिएर पक्राउ गरेको हो । न्यायिक कारबाहीलाई पूर्णता दिँदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चिततामा जोड दिएको उहाँले बताउनुभयो ।

जिल्ला अदालतले विभिन्न मितिमा फैसला गरेको मुद्दापश्चात् फरार रहेका कसुरदारलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा जरिवाना तथा कैद भुक्तानका लागि उपस्थित गराएको उहाँले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार